७ वैशाख २०८१ शुक्रबार
खेल

थ्री स्टारको बलियो सम्भावना

काठमाडौं– नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लबको एएफसी कप छनोट प्रतियोगिताको अघिल्लो चरण पुग्ने सम्भावना बलियो बनेको छ।

तर टोलीले अन्तिम परिणामका लागि समूह चरणमा अर्को खेलको नतिजा कुर्नुपर्ने भएको छ।

थ्री स्टारले मंगलबार आफ्नो दोस्रो खेलमा कम्बोडियाको नागावल्र्ड क्लबसँग १–१ को बराबरी खेलेपछि छनोटका लागि समूह चरणको अन्तिम खेलको नतिजा कुर्नुपर्ने भएको हो । नागावल्र्डलाई हराएको भए थ्री स्टार सोझै अन्तिम चरण पुग्ने थियो।

बराबरीले मंगोलियाको घरेलु टोली इर्चिम एफसी भने प्रतियोगिताबाट बाहिरिएको छ । समूह ‘बी’ मा थ्री स्टार ४ अंकसहित शीर्ष स्थानमा छ भने नागावल्र्डसँग १ अंक छ । इर्चिम अंकविहीन छ । पहिलो खेलमा इर्चिमलाई २–० ले हराउँदै थ्री स्टारले छनोटको सम्भावना बलियो बनाएको थियो । अब थ्री स्टार र नागागल्र्डमध्ये एउटा टोली अघिल्लो चरण पुग्नेछ ।  नागावल्र्ड र इर्चिमले बराबरी खेले वा इर्चिम विजयी भएमा थ्री स्टार फाइनल चरणमा पुग्नेछ । इर्चिमलाई ३ गोलको अन्तरमा हराएमा भने नागावल्र्ड अन्तिम चरणमा पुग्नेछ ।

मंगोलियाको उलानबटारस्थित एस्ट्रो टर्फमा भएको खेलको २८ आंै मिनेटमा निम सोभान्नाराको गोलबाट नागावल्र्डले अग्रता लिएको थियो । खेल सकिन तीन मिनेटअघि थ्री स्टारका अजायी मार्टिन्स कायोडले गोल फर्काउँदै हार जोगाए  । इर्चिमविरुद्ध पनि मार्टिन्सले नै पहिलो गोल गरेका थिए ।

नागावल्र्डका लागि इर्चिमसँगको अन्तिम खेल कठिन हुने देखिएको छ । नागावल्र्डका पहिलो रोजाइका गोलकिपर योर्क यारीले रातो कार्ड खाएका कारण उनी अर्को खेलमा हुने छैनन् । जसको फाइदा इर्चिमसँगै थ्री स्टारलाई पनि हुनसक्छ ।

पहिलो हाफमा थ्री स्टार दबाबमा खेलेको थियो । ८ र १५ औं मिनेटमा नागावल्र्डले गोल गर्ने राम्रो अवसर सिजना गरेको थियो ।

थ्री स्टारका प्रशिक्षक मेघराज केसीले दोस्रो हाफको मिहिनेतले मात्र हारिसकेको खेल बराबरीमा ल्याउन सफल भएको बताए । ‘नागावल्र्ड राम्रो टोली हो । हाम्रा लागि नौलो प्रतिद्वन्द्वी पनि हो,’ केसीले भने, ‘त्यसैले पहिलो हाफमा हामी कमजोर भयौं । दोस्रो हाफमा सुधारिएको कारण कम्तीमा बराबरी गर्न सफल भयौं ।’

कप्तान विक्रम लामाले बराबरीलाई मिहिनेतको फलका रूपमा अथ्र्याए । ‘पहिलो हाफमा केही कमजोरी भए पनि दोस्रो हाफमा हामीले धेरै मिहिनेत ग¥यौं । जसका कारण बराबरीको नतिजा आयो,’ विक्रमले भने, ‘नागावल्र्ड र इर्चिमबीचको खेल हाम्रो लागि पनि निकै महŒवपूर्ण छ । यी दुईको नतिजाले हाम्रो अगाडिको यात्रा पनि तय हुनेछ ।’

एएफसी कपको छनोटमा ९ क्लबको सहभागिता छ । तीन समूहमा अलग प्रतिस्पर्धापछि हरेक समूहका शीर्ष टोली अन्तिम चरणमा पुग्नेछन् । विगतमा एएफसी प्रेसिडेन्ट्स कपका नामले सञ्चालित यस प्रतियोगितामा पहिलोपटक सन् २००५ मा थ्री स्टारले नै नेपालको प्रतिनिधित्व गरेको थियो । काठमाडौंमा त्यति बेला सम्पन्न प्रतियोगितामा थ्री स्टार सेमिफाइनलमा पुगेको थियो । एएफसी कपको छनोट खेल्ने पनि थ्री स्टार पहिलो नेपाली क्लब बनेको छ ।

कम्बोडियन क्लब नागावल्र्डका मुख्य प्रशिक्षक मियास चाना टोलीको प्रदर्शनबाट सन्तुष्ट देखिएनन् । उनले अन्तिम मिनेट सम्हालिन नसक्दा टोलीले हार्नुपरेको बताए।

‘यो हामीले जित्नैपर्ने खेल थियो । तर त्यो भएन । सुरुमा जुन गतिमा खेल्यौं त्यसलाई अन्त्यसम्म कायम राख्न सकेनौं,’ प्रशिक्षक चानाले भने, ‘अब इर्चिमविरुद्ध खेल्नुपर्छ । त्यो टोली राम्रो छ त्यसैले पूरा मिहिनेतसाथ खेल्छौं।’

प्रकाशित: ८ भाद्र २०७३ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App