७ वैशाख २०८१ शुक्रबार
समाज

हिमाल साउथ एसियन ‘बन्द'

काठमाडौं- काठमाडौंबाट प्रकाशित हुँदै आइरहेको अंग्रेजी भाषाको दक्षिण एसियाली पत्रिका 'हिमाल साउथ एसियन' को प्रकाशन बन्द हुने भएको छ। २९ वर्ष पुरानो उक्त पत्रिका राज्यको असहयोगका कारण बन्द गर्नुपरेको प्रकाशक संस्था 'साउथ एसिया ट्रस्ट' ले जनाएको छ।

ट्रस्टले बुधबार विज्ञप्ति जारी गर्दै राज्यका निकायको निरन्तर असहयोगका कारण बाध्यताबस 'क्रस–बर्डर पत्रकारिता' गर्ने हिमाल साउथ एसियन पत्रिकाको प्रकाशन स्थगन गर्नुपरेको बताएको छ। 'दक्षिण एसियाका अन्य ठाउँका मिडिया र नागरिक समाजलाई जस्तै ठाडो सेन्सरसीप या अन्य खालका हस्तक्षेपबाट नभई ब्युरोक्रेसीका विभिन्न अंगमार्फत दबाब दिएर हिमाल साउथ एसियनलाई बन्द गराइएको हो,' ट्रस्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, '२०७१ मा हिमाल साउथ एसियनमाथि व्यवस्थापिका संसद्मा दोषारोपण हुँदा र एक वर्षयता पत्रिकाका संस्थापक सम्पादक एवं ट्रस्टका अध्यक्ष कनकमणि दीक्षितमाथि प्रहार हुँदै गर्दा पनि पत्रिका प्रकाशनमा आँच आउन नदिइएको तर स्थिति काबुभन्दा बाहिर पुगेपछि स्थगनको निर्णय लिइयो।'

आफ्ना विभिन्न दायित्व पूरा गर्न पत्रिका आगामी मंसीरसम्म प्रकाशन हुने पनि ट्रस्टले जनाएको छ। पत्रिकाको सम्पादकीय टोली स्वतन्त्र पत्रकारिताप्रति समर्पित रहेकाले नेपालभित्र (या अन्यत्र) उपयुक्त वातावरण देखिएमा हिमाल साउथ एसियन पुनः प्रकाशनमा आउने पनि विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ९ भाद्र २०७३ ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App