७ वैशाख २०८१ शुक्रबार
समाज

दाङमा महिलाको हत्या

दाङ–दाङमा एक बृद्ध महिलाको हत्या भएको छ । बिहीबार राति त्रिपुर नगरपालिका १० की ५० वर्षीया बिष्णु ओलीको हत्या भएको ईलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ ।

प्रहरीका अनुसार ओलीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । उनको घाँटी, ढाड लगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ । घरनजिकै बाटोमा उनको हत्या गरिएको अवस्थामा राती शव फेला परेको थियो।

 ईप्रका नारायणपुरका प्रमुख सई मोहनलाल अधिकारीका अनुसार राति नाच हेरेर फर्कन थालेका केह युवाहरुले ओलीको शव देखेका थिए । ओली घरमा एक्लै रहँदै आएकी र गएराति हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नको पहिचान हुन सकेको छैन । प्रहरीले संलग्नहरुको खोजीकार्य तिब्र पारेको जनाएको छ ।

 

प्रकाशित: १० भाद्र २०७३ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App