coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बसबाट उछिट्टिएर बाँचेका यात्रुले १०० नम्बरमा फोन गरेपछि...

घटनास्थलमा खटिएका प्रहरी। तस्बिरः रमेशकुमार पाैडेल

चितवन–शुक्रबार बिहान सबेरै करिब साढे तीनबजे चितवन जिल्ला प्रहरी कार्यालयको १०० नम्बर फोनको सेटमा घण्टि बज्यो। फोन गर्ने व्यक्ति दुर्घटना भएको बसका यात्रु थिए, नाम रितेश ठाकुर।

रौतहटको गौराबाट पोखराका लागि छुटेको ग १ ख ३७९० नम्बरको बस दुर्घटनामा परेको थियो। धेरै प्रयासपछि प्रहरीले घटनास्थल पत्ता लगाउँदा एक घण्टा बितिसकेको थियो। सडक क्षेत्र चाहार्दा पनि दुर्घटना स्थल सहजै पत्ता लाग्ने अवस्था थिएन।

‘बस खस्यो, रुवाबास मच्चियो, म बसबाट उछिट्टिएर भिरमा खसेँ,’ चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार गराई रहेका रितेशले नागरिकन्युजसँग भने ‘मसँग मोबाइल साथमै थियो मैले प्रहरीलाई फोन गरेर दुर्घटनाबारे बताएँ।’

बसमा ठ्याक्कै कति यात्रु थिए भन्ने यकिन नभएको प्रहरी भनाइ छ। ‘२१ जना मृतकको शव संकलन भएको छ, १६ जना घाइतेको उद्धार गरिएको छ।’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) बसन्त कुँवरले भने ‘३९ जना यात्रु र बाँकी तीनजना चालक दलका सदस्य थिए भन्ने जानकारी छ । मृतक र घाइते गरेर ३७ जना  भेटिए। सायद तीन–चार जना नदी मै बगेको हुन सक्छ।’

शवहरु घटना स्थलबाट भरतपुर अस्पताल ल्याइएको छ। घाइतेमध्ये १२ जनाको चितवन मेडिक कलेज र चारजनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। मुग्लिनदेखि चार किलोमिटर पश्चिम चण्डिभञ्ज्याङ गाविसको वडा नं. ५ कालिखोलामा सो बस सडकबाट तल खसेको थियो। सामान्य घुमाउरो र केही उकालो रहेको सो बाटोमा दुर्घटना के कारणले भयो भन्ने यकिन भएको छैन।

‘साँघुरो सडकमा किनार धेरै च्याँपेर ल्याउँदा गाडी भिरमा पुगेर खसेको हुन सक्ने प्रहरीको अनुमान छ। ‘चालकको कमजोरी वा यान्त्रिक गडबडीले पनि घटना भएको हुन सक्छ, घटनाको अनुसन्धान सुरु गरेका छौं’ चितवन जिल्ला ट्राफिक प्रहरी कायाृल्यका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालले भने।

दुर्घटना भएको मुग्लिन–नारायणगढ सडक खण्डको कालिखोला क्षेत्रको सडक अवस्थाबारे नागरिकन्युजमा केही साता पहिले भिडियो रिपोर्ट (नागरिक शो) प्रस्तुत गरिएको थियो। भिडियोमा हेर्नुस् दुर्घटना भएको सडक क्षेत्रको अवस्थाः

यस्तो छ दुर्घटना भएको स्थान (भिडियो)

दुर्घटनास्थलका तस्बिरहरूः (सबै तस्बिरः रमेश पाैडेल)

घटनास्थलमा खटिएका प्रहरी। तस्बिरः रमेशकुमार पाैडेल
घटनास्थलमा खटिएका प्रहरी। तस्बिरः रमेशकुमार पाैडेल
घटनास्थलमा खटिएका प्रहरी। तस्बिरः रमेशकुमार पाैडेल
घटनास्थलमा खटिएका प्रहरी। तस्बिरः रमेशकुमार पाैडेल
घटनास्थलमा खटिएका प्रहरी। तस्बिरः रमेशकुमार पाैडेल
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App