coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

सडकमा चल्छन् वडाध्यक्षका बस जनतालाई सेवा पाउनै सकस

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर– ११ का वडाध्यक्ष राजु अधिकारी जनप्रतिनिधि मात्र होइनन्, यातायात व्यवसायी पनि हुन् ।जनप्रतिनिधिका रूपमा उनले नगरक्षेत्रका समस्या हल गर्नुपर्ने हो।

तर, उनी वडाध्यक्षमा चुनिएपनि उनको क्षेत्रको अस्तव्यस्त र भद्रगोल सार्वजनिक यातायात सुध्रिएको छैन ।कपन बगलामुखी यातायात व्यवसायीको दादागिरीकै कारणले यात्रुले सास्ती पाएको स्थानीयको गुनासो छ । अधिकारी संयुक्त यातायातसँग आबद्ध छन् ।

बूढानीलकण्ठ नगरपालिकाको भंगालबाट कपन, कपन बालुवाखानी, आकाशेधारा, नारायणचोक, सरस्वतीनगर, गोपीकृष्ण, चावहिल, कालोपुल, मैतीदेवी, पुतलीसडक, रत्नपार्क सहिदगेट, त्रिपुरेश्वर, कलंकी, स्वयम्भू हुँदै नयाँ बसपार्क  पुगेर सोही रुटबाट फर्कन्छ ।
संयुक्त यातायातले पनि सिन्डिकेट लादेर नयाँ यातायात व्यवसायीलाई छिर्न नदिएको स्थानिय वसन्त थापाले गुनासो गरे।

कपन बगलामुखी यातायात अन्तर्गत ३३ वटा सार्वजनिक बस छन् । तिमध्ये एक तिहाई बढी बस रिर्जभमा जाँदा यात्रुले हैरानी खेप्दै आएका हुन् ।जनप्रतिनिधि नै यातायात व्यवसायी हुदाँ पनि राम्रो सेवा पाउन नसकेको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर– ११ पैयुँटारका श्याम पौडेलले गुनासो गरे । ‘जनप्रतिनिधि नै यातायात व्यवसायी छन्, तर कहिल्यै राम्रो सुविधा दिएनन्,’ उनले भने, ‘कपन बगलामुखी यातायातको सिन्डिकेटका कारणले नयाँ बस भिœयाउन समेत दिँदैनन्, यात्रुलाई गुन्द्रुक जस्तै खाद्छन्।’

कपन बगलामुखी यातायातले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर– ११ को पैयुँटार र वडा नम्बर– १३ को चुनिखेलसम्म सेवा दिने रुट पर्मिट लिएपनि राम्रो सेवा दिन नसकेको स्थानीयको गुनासो  छ । ‘रत्नपार्कबाट कपन आउने बसले चावहिलमा आधाघन्टाभन्दा धेरै रोक्ने गर्छन्, अर्काे बस नआएसम्म अगाडि नै बढाउँदैनन्,’ उनले भने, ‘बसमा यात्रुले खुट्टा टेक्ने ठाउँ समेत हुदैँन।’

बूढानीलकण्ठ नगरक्षेत्रमा चल्ने सार्वजनिक यातायातले रिर्जभ जाने र विद्यालयका विद्यार्थी ओसार्दा यात्रुले सास्ती पाएका छन् । कपन बगलामुखी यातायात व्यवसायीको दादागिरीकै कारणले यात्रुले सास्ती पाएको स्थानीयले गुनासो छ । ३३ वटा सार्वजनिक बसमध्ये एक तिहाईभन्दा धेरै बस रिर्जभमा जाँदा यात्रुले हैरानी खेप्दै आएका हुन्।

काठमाडौं महानगरपालिका वडा नम्बर– ६ र ७ बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर– १०, ११, १२ र १३ मा अत्याधिक मात्रामा समस्या रहदैँ आएको छ । रत्नपार्कबाट चुनिखेलसम्म सरकारले २३ रुपैयाँ भाडा तोकको छ।

जनप्रतिनिधिका रूपमा उनले नगरक्षेत्रका समस्या हल गर्नुपर्ने हो । तर, उनी वडाध्यक्षमा चुनिएपनि उनको क्षेत्रको अस्तव्यस्त र भद्रगोल सार्वजनिक यातायात सुध्रिएको छैन।

यातायात व्यवसायीले मनलाग्दी ढंगले भाडा उडाउँदै आएको आएको यात्रुले गुनासो गरेका छन् । ‘चुलिखेलबाट रत्नपार्कसम्मको भाडा २३ रुपैयाँ हो तर, सहचालकले सधैँ २५ रुपैयाँ माग्दै आइरहेका छन्,’ स्थानीय शर्मिला शर्माले भनिन् ।उनका अनुसार केहीअघि माइक्रोबसले सेवा दिन खोज्दा तोडफोडमा उत्रिएको कपन बगलामुखी व्यवसायी समितिको मनलाग्दीले पैसा तिरेर पनि कपनवासी सहज सेवा पाउनबाट बञ्चित छन्।

कपन क्षेत्रका आनी गुम्बा, फुलारी गुम्बा, अमिताभ गुम्बा, बगलामुखी जस्ता धार्मिक एवम् पर्यटकीय सम्पदा अवलोकन गर्न पुगेका आन्तरिक एवम् बाह्य पर्यटकले समेत सुलभ यातायात सेवा पाउन सकेका छैनन् ।  बूढानीलकण्ठ नगरपालिका वडा नम्बर– ११ का वडाध्यक्ष अधिकारी भने सडकको अवस्था राम्रो नभएकाले यातायात सेवा दिन नसकेको बताउँछन्।

‘मेरो वडामा सडकको अवस्था साह्रै नाजुक छ, खाल्डाखुल्डीले सवारी बिग्रिरहन्छन्, त्यसैले समस्या भएको हो,’ उनले भने, ‘सरकारले नै निश्चित ठाउँमा मात्रै यातायात सञ्चालन गर्न दिएर सिन्डिकेट कायम गरेको छ, जसको कारणले समस्या भएको हो।’

कपन बगलामुखी यातायात समितिका अध्यक्ष शम्भुप्रसाद अधिकारीले प्रर्याप्त सवारीसाधन नहुँदा स्तरीय सेवा दिन नसकेको स्वीकारे । ‘सडक खाल्डाखुल्डी र जामको कारणले सार्वजनिक यातायातमा समस्या भइराखेको छ,’ उनले भने, ‘सार्वजनिक यातायातमा  केही समस्या छन्, हामीले सुधार्ने प्रयास गरेका छौँ।’

 

प्रकाशित: ७ वैशाख २०७५ ०२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App