४ वैशाख २०८१ मंगलबार
अन्य

सार्वजनिक सवारी पाउनै मुस्किल

मच्छेगाउँ–रत्नपार्क रुटमा पर्याप्त सार्वजनिक सवारी नचल्दा सर्वसाधारणले सास्ती पाएका छन् । कीर्तिपुर मिनिबस व्यवसायी संघले पर्याप्त सार्वजनिक सवारीसाधन नचलाउँदा यात्रुले घन्टौं समय पर्खिनु पर्ने बाध्यता देखिएको छ।

सो रुटमा १५ वटा मात्रै बस चल्दै आएका छन् । तीमध्ये अधिकांश सार्वजनिक बसले पिकआवरमा स्कुलका विद्यार्थी ओसार्ने गर्छन् । यसले गर्दा सास्ती भोग्नु परेको यात्रुको गुनासो छ । सवारी पाउनकै लागि लामो समय कुर्नु पर्ने बाध्यता रहेको उनीहरू बताउँछन् ।
मच्छेगाउँका टंक बस्नेत यातयात व्यवसायीको सिन्डिकेटका कारण यात्रुले दुःख पाइरहेको गुनासो गर्छन् । ‘कहिल्यै भनेको बेला बस पाइँदैन,’ उनले भने, ‘बस पाइहाले पनि खुट्टा टेक्ने ठाउँसमेत हुँदैन।’

मच्छेगाउँ–रत्नपार्क रुटमा १५ वटा मात्रै बस चल्दै आएका छन् । तीमध्ये अधिकांश सार्वजनिक बसले पिकआवरमा स्कुलका विद्यार्थी ओसार्ने गर्छन् । यसले गर्दा सास्ती भोग्नु परेको यात्रुको गुनासो छ । सवारी पाउनकै लागि लामो समय कुर्नु पर्ने बाध्यता रहेको उनीहरू बताउँछन् ।  

कीर्तिपुर नगरपालिका मेयर रमेश महर्जनले यातायात व्यावसायीले पर्याप्त सवारीसाधन नगुडाउँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको बताए । ‘यातायात समिति नाफामुखी भएकाले सार्वजनिक यातायातमा समस्या आएको छ,’ उनले भने, ‘हामीले यातायात व्यवसायीलाई सेवा सुधार्नको लागि बारम्बार अनुरोध ग¥यौं । तर, अहिलेसम्म सुधार गरेका छैनन् । त्यसैले अब नयाँ यातायात व्यवसायीलाई सवारी भित्राउन अनुरोध गर्ने छौं।’

कीर्तिपुर मिनीबस व्यवसायी संघ मातहतका एक सय सार्वजनिक बसमध्ये २५ प्रतिशतले पिकआवरमा निजी स्कुलका विद्यार्थी ओसार्ने गरेका छन्।मेयर महर्जन पनि यस रुटका सार्वजनिक सवारी साधनले पिक आवरमा विद्यार्थी ओसार्ने गरेको बताउँछन् । समस्या समाधानका लागि नगर कार्यपालिकाको बैठकबाट सार्वजनिक सवारीले स्कुलका विद्यार्थी बोक्न नपाइने नियम ल्याउने उनले प्रतिबद्धता गरे।

कीर्तिपुर मिनिबस व्यवसायी संघका सचिव दिवाकर अधिकारीले बिहान र बेलुकाको पिकआवरमा समस्या भएको स्वीकारे । ‘पिक आवरमा संघ मातहत रहेका २५ प्रतिशत बसले स्कुलका विद्यार्थी ओसार्ने गर्छन् । त्यसैले समस्या भएको हो,’ उनले भने, ‘संघले पाँच ट्रिप गर्ने बसलाई ६ ट्रिप गराउने तयारी गरिरहेका छौं।’

प्रकाशित: ७ वैशाख २०७५ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App