७ वैशाख २०८१ शुक्रबार
प्रवास

युएईमा नेपाली म्युजिक भिडियो अवार्ड हुने

युएई - मनोरञ्जनात्मक कार्यक्रम विदेशी भूमिमा बढ्दै गएको बेला युएईमा नेपाली  म्युजिक भिडियो अवार्ड हुने भएको छ।  नमस्ते ट्राभल एण्ड टुरिजम युएई र संगीक्षा फिल्म इन्टरटेनमेन्टको समन्वयनमा पहिलो पटक युएईको अबुधाबीमा नेपाली  म्युजिक भिडीयो अवार्ड हुन लागेको हो।

कार्यक्रम सेप्टेम्बर १६ का लागि तय भएको आयोजकले जनाएका छन्। बिहीबार पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिए।

आफ्नो कला र संस्कृतिलाई विदेशी भूमिमा चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको नमस्ते ट्राभल एण्ड टुरिजमका संचालक एकेन्द्र थापाले बताए।  'अहिलेसम्म युएईमा हुने धेरै नेपाली कार्यक्रमहरुमा हामीले सहयोग गरेका छौं थापाले नागरीकन्युजसँग भने, 'युएइमा रहेका सम्पूर्ण संघसंस्था तथा महानुभावहरुलाई कार्यक्रम सफल पार्न सहयोग पुर्‍याइदिन आग्रह गर्दछु।'

कार्यक्रमको लागि नेपालबाट आयोजक सहित ४५ जना राष्ट्रिय कालाकार युएई आउने छन्। उनीहरुका लागि टिकट, होटल र हलको व्यवस्था भैसकेको सम्मेलनमा जानकारी दिइयो।

कार्यक्रम आयोजकमा युएईबाट नमस्ते ट्राभलका एकेन्द्र थापा, नानु काजि अर्याल, अशोक बानिया, भिम नारायण श्रेष्ठ, छविलाल कुँवर  लगाएत अर्का आयोजक महेस गिरी रहेका छन्।

प्रकाशित: १२ भाद्र २०७३ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App