८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पाकिस्तान–भारत विवाद उत्कर्षमा, सार्क सम्मेलनमा मोदी नजाने संकेत

इस्लमाबाद– भारतले पाकिस्तानमा हुने आगामी सार्क शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नपठाउने संकेत गरेको छ।
पाकिस्तानबाट प्रकाशित हुने डेली टाइम्सले जनाए अनुसार भारतले प्रधानमन्त्रीको सट्टा राष्ट्रपति प्रणव मुर्खर्जी तयारी गरेको उल्लेख गरेको छ। त्यस्तै पत्रिकाले बंगलादेशबाट पनि प्रधामन्त्रीको सट्टा राष्ट्रपतिलाई पठाउने तयारी गरेको  जनाएको छ।

उच्च श्रोतका उद्धृत गर्दै पत्रिकाले लेखेको छ,  ‘पाकिस्तानमा हुने सार्क शिखर सम्लेलनमा प्रधानमन्त्री मोदी सहभागी हुने सम्भावना न्युन छ, उनको सट्टा राष्ट्रपति प्रणव मुर्खर्जी सहभागी हुन सक्नेछन्।

हालै पाकिस्तानमा भएकोे सार्क अर्थमन्त्रीहरुको बैठकमा भारतका अरुण जेट्ली सहभागी भएका थिएनन् । मोदीले भारतको स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा पाकिस्तानको बालुचिस्तानको नाम लिएपछि भारत पाकिस्तान विवाद पुर्न सुरु भएको थियो। हालै पाकिस्तानले विवादित कास्मिर क्षेत्रबारे छलफल गर्न गरेको प्रस्ताव भारतले अस्विकार गरेको थियो । आगामी सार्क सम्मेलन नोभेम्बर ९ र १० मा पाकिस्तानमा हुँदैछ ।

 

प्रकाशित: १२ भाद्र २०७३ ०९:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App