७ वैशाख २०८१ शुक्रबार
समाज

अर्घाखाँचीमा जिप दुर्घटना, ११ जनाको मृत्यु (अपडेट)

अर्घाखाँची-जिल्लाको हंसपुर गाविस वडा नं. ५ रतनमारे मा जीप दुर्घटना हुँदा  ११ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । सदमुकाम सन्धिखर्कबाट प्यूठानको .बादीकोटका लागि दिउसो १ बजे  छुटेको ग १ ज ४८७८  नं. को यात्रुवाहक जीप हंसपुर – ५ रतनमारेमा करिव पैने चारबजेको सयममा  दुर्घटना  भएको हो । ९ जनाको घटनास्थलमै र दुइ जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।  गाडी सडकबाट करिव ५ सय मिटर तल खसेको थियो ।

मत्यु हुनेमा गाडी धनी सन्धिखर्क  नगरपालिका वडा नं. १० का वर्ष ४८ नारायण राना, गुल्मी पुर्कोदह वर्ष ५९ का  भेषबहादुर थापा,  गुल्मी भनभनेका वुद्धिराम परियार,  प्यूठान बाङ्गेमरोठ वर्ष ६८ की  शोभासिंह रोका मगर, हंसपुर ५ का वर्ष ४५ का राम बहादुर घर्ती, हंसपुर ४ का वर्ष ३५ मिनबहादुर  केसी, हंसपुर १ वर्ष ३६ का  देव बहादुर थापा, सन्धिखर्क – २  वर्ष ३० की सिता नेपाली, हंसपुर ५ वर्ष ५५ का हुम बहादुर घमको घटना स्थलमै मृत्यु भएको हो । 

धारापानीकी वर्ष ३६ की कमला पौडेल र गुल्मी पुर्कोटदहका वर्ष ३७ शिवबहादुर कुवँरको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डियसपि नवरत्न पौडेलले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर सुजनराज राजभण्डारीले उकालोमा व्रेकफेल भएका कारण दुर्घटना भएको हुन सक्ने बताए।  ‘उकालोमा व्रेकफेल भएका कारण दुर्घटना भएको अनुमान गरिएको छ’ उनले भने,  यस विषयमा गहिरो  अनुसन्धान गर्छौं ।’  चालक गुल्मी हाडडाडेका यमबहादुर सिरिस प्रहरीको नियन्त्रणमा छन् । 

घाइते  प्यूठान वादीकोट ८ वर्ष ३८ का जिवलाल पोख्रेल, गुल्मी पुर्कोटदह ४ वर्ष ३४ का यमकला कुवँर, सन्धिखर्क २ बस्ने वर्ष ११ को अर्जुन नेपाली, खनदह गाविस वडा नं. १ वर्ष २५ का सुरज खनालको  उपचार हुन नसकेपछि थप उपचारको लागि बुटवल रिफर गरिएको छ ।  धारापानी  ६  वर्ष ११ मिना पौडेल, धरापानीकै  वर्ष १३ कविता पौडेलको  जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिल्ला अस्पतालमा उपचार गराइरहेका घाइतेको अवस्था सामान्य रहेको जिल्ला अस्पतालका प्रमुख डा जगन्नाथ तिवारीले बताए ।  प्यूठान सौतामारेका वर्ष ३० का केशर बहादुर जिसी सिटबाट फुङगालेर बाच्न सफल भएका छन् । घाइतेहरुको स्थानीय र प्रहरीले  करिव डेढ घण्टा लगाएर उद्धार गरेका थिए।

‘ आफू बाँचे र बालबालिकालाई  पनि बचाएँ ’

केशर बहादुर जिसी

प्यूठान सौतामारे

सन्धिखर्कबाट गाडी  छुट्दा वित्तिकै एक जना वृद्धले गाडीमा नराम्रो आवाज आइरहेको छ गाडी विग्रेको छ भनेर गाडी चालकलाई भने ।  चालकले ती वृद्धलाई हकारे ।  हाम्रो गाडीको बारेमा हामीलाई थाहा हुन्छ कि तपाईलाई गाडी ठिक छ  भन्दै उनले ठाडो जवाफ फर्काए ।  ति वृद्धले गाडी अरु पनि छन अरुमा पनि जान सकिन्छ  गाडीको अवस्था त ठिक हुनु प¥यो नि भनेर जवाफ दिए । रनतमारेको उकालोमा  आएर गाडीमा खरावी आएको चाल पाइयो । चालकले स्ट्रिङलाई समाल्ने तिर भन्दा आफू भाग्ने सुर गर्न थाले । म दोस्रो सिटको झ्यालमा थिएँ । चालक स्ट्रिङ छाडेर भागे । म पनि झ्याल खोलेर बाहिर आउन सफल भए । मैले  साथसाथै मेरो छेउरामा रहेका दुइ बालबालिकालाई तानेर झारेँ  । छउमै रहेकी बालबालिकाकी आमाले चिच्याउँदै हात दिँदै  हुनुहुन्थ्यो तर उहाँलाई बचाउन सकिएन । चालकले स्ट्रिङकलाई समालेका भए दुर्घटना नहुन सक्थ्यो । सजिलो ठाउँ सम्म पु¥याएको भएपनि ठूलो क्षति हुने थिएन ।  जस्ले गाडीको अवस्था ठिक छैन भनेको थिए । ति वृद्धाले पनि ज्यान गुमाए ।  मैले त फुङगालेर नयाँ जीवन पाएँ तर आफ्नो आखा अघि गाडी खसेर  यतिका जनाले ज्यान गुमाउँदा निकै दुख  लागेको छ ।

 

 

 

 

 

प्रकाशित: १२ भाद्र २०७३ ११:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App