coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

इन्टेक्सको ब्याचयम्स अक्वा प्राइड स्मार्ट फोन नेपालमा

काठमाडौं–भारतीय मोवाइल कम्पनी इन्टेक्सले अत्याधिक ब्याट्री ब्याकअप भएको ब्याचयम्स  अक्वा प्राइड स्मार्ट फोन नेपाली बजारमा भित्र्याएको छ । ८ जिबी रोम र १ जिबी ¥याम रहेको उक्त मोवाइलमा प्रारम्भिक क्यामरा ५ मेगापिक्सेल र फ्रन्ट क्यामरा २ मेगापिक्सेलको रहेको कम्पनीले जनाएको छ।

उक्त ब्याचयम्स अक्वा प्राइड स्मार्ट फोनमा २८ सय एमएचपी ब्याट्री रहेको र उक्त मोबाइलमा लाइट सेन्सर भएको पनि कम्पनीले जनाएको छ । कम्पनीले मोबाइलको मेमोरीकार्ड ३२ जिबी सम्म एक्सपान्ड गर्न सकिने जनाएको छ ।

मोवाइल सार्वजनिक कार्यक्रममा बोल्दै सिजीका प्रमुख रमेश श्रेष्ठले भने, ‘हामी नेपाली ग्रहाकलाई चाडपर्व नजिकदै जादाँ आकर्षक र उत्कृष्ट मोवाइल दिन चहान्छोँ ।’ उक्त मोवाइलको बजार मूल्य ८ हजार १ सय ९९ रहेको कम्पनीले जनाएको छ ।
 

 

प्रकाशित: १२ भाद्र २०७३ ११:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App