१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

लेहेङ्गा र साडीमा सजिए अभिनेत्री

काठमाडौं- अभिनेत्री गौरी मल्ल पहिलो पल्ट र्‍याम्पमा उत्रिएकी छिन्। गौरी 'स्टाइल उत्सव' नाम दिइएको फेसन शोमा आफूपछिको पुस्ताका अभिनेत्रीसँगै मञ्चमा देखिएकी थिइन्। त्रिपुरेश्वरस्थित मुड्स लन्जमा शनिबार भएको फेसन शोमा केही अभिनेत्रीसँगै २५ जना मोडलले र्‍याम्प नापेका थिए।

शोमा गौरी मल्ल, चाँदनी शर्मा, उषा खड्गी, केकी अधिकारी, पूजा शर्मा, लक्ष्मी श्रेष्ठ, पुनम गौतम, क्षितिजा शाक्य र्‍याम्पमा हिँडेका थिए। तीजको छेको पारेर गरिएको शोमा उनीहरु विभिन्न ६ सिक्वेन्समा र्‍याम्पमा देखिएका थिए।

उनीहरु नेपाली कल्चर, ढाका, साडी, लेहेगा, गाउन, एउटै रंगको लेहेंगालगायतका सिक्वेन्समा प्रस्तुत भएका थिए। सेलिब्रेटी र मोडलहरुले चर्चित फेसन डिजाइनर विश्व गौतम र लास्ट स्टुडियोले तयार पारेको पहिरनमा आफूलाई सजाएका थिए।

सेलिब्रेटीको शोसँगै १२ जना बालबालिकाले पनि र्‍याम्पमा आफ्नो कला प्रस्तुत गरेका थिए। उनीहरुलाई प्रतिमा श्रेष्ठले कोरियोग्राफी गरेकी थिइन्।

कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन एक खुट्टाले नृत्य गरेर चर्चित बनेकी नृत्यांगना रोमा न्यौपाने, गायिका प्राश्ना पाण्डे र दिना पाण्डेले प्रस्तुति दिएका थिए। यस्तै गायिकाद्वय कुन्ती मोक्तान र देविका बन्दनाले पनि आफ्ना चर्चित गीत सुनाएका थिए।

शुभेच्छा खड्काले अफिसियल एमसीको रुपमा सञ्चालन गरेको शोको व्यवस्थापन बेटर ग्यालेक्सीले गरेको थियो।

 

प्रकाशित: १३ भाद्र २०७३ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App