७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

इराक–साउदी अरबबीचकाे विवाद उत्कर्षमा

बग्दाद–इराकको विदेश मन्त्रालयले साउदी अरबलाई आफ्नो राजदूत फिर्ता लान आदेश दिएको छ । विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दे साउदी राजदुत तमर अल–सहबानले इराकबो बारेमा विवादित बयान दिएको भन्दै तत्काल उनलाई फिर्ता बोलाई उनको स्थानमा नयाँ राजदूतलाई पठाउन आग्रह गरेको हो।

सहबानको विवादित बयानपछि त्यहाँका सिया नेताले उनलाई तत्काल देश निकाला गर्नु पर्ने भन्दै उनको विरोध गर्दै आइरहेका छन्।
केही समयअघि मात्रै सहबानले अल अरेबिया च्यानसँग कुरा गर्दै इराकमा रहेका इरान समर्थित शिया नेताहरुले आफ्नो हत्याको योजना बनाइ रहेको बताएका थिए। शिया बाहुल्यता रहेको इराक र सुन्नी बाहुल्यता रहेको साउदी अरबबीच लामो समयदेखि एक अर्काका प्रतिद्वन्द्वीका रुपमा रहँदै आएका छन्।

 

प्रकाशित: १३ भाद्र २०७३ ०५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App