coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काश्मिर ५२ दिनपछि कर्फ्यू मुक्त

नयाँ दिल्ली– भारत अधिनस्थ काश्मिरमा ५२ दिनपछाडि सोमबार कर्फ्यू हटाइएको समचार छ।

उत्तरी कश्मिरमा भुर्हान वानी नामक २२ बर्षीय एक युवक मारिएपछि भारत र पाकिस्तानबीच उत्पन्न भएको तनावको कारण त्यहाँ ५२ दिन अघिदेखि कर्फ्यू लगाउँदै आइएको थियो।

भारत अधिनस्थ काश्मिरमा गत जुलाईदेखि उत्पन्न तनावको कारण ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी सो हिंसामा परी ७ हजार भन्दा बढी व्यक्ति घाइते भएका छन् ।

यही तनावको बीचमा विवादास्पद क्षेत्र काश्मिरको विषयलाई लिएर विदेश सचिवस्तरको वार्ताका लागि पाकिस्तानले दुई पटकसम्म गरेको प्रस्ताव भारतीय पक्षबाट अस्विकार गरिएको थियो।

गत बिहीबार भारतीय विदेश सचिव एस जयशङ्करले पाकिस्तानी समकक्षी एैजाज अहमद चौधरीद्वारा हालै गरेको दोस्रो वार्ताको प्रस्तावलाई अस्वीकार गरेका थिए।

चौधरीले यसै महिनाको अन्त्यमा सो वार्ताका लागि प्रस्ताव गर्नुभएको थियो। दश दिनअघि पनि पाकिस्तानले गरेको वार्ताको प्रस्ताव भारतले अस्वीकार गरेको पाकिस्तानी पक्षले जनाएको थियो। सिन्ह्वा

प्रकाशित: १३ भाद्र २०७३ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App