८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अमेरिकी विदेशमन्त्री जाेन केरी बङ्गलादेशमा

ढाका– अमेरिकी विदेशमन्त्री जोन केरी बङ्गलादेश आइ पुगेका छन्। उनी सोमबार बिहान बङ्गलादेश पुगेकाे हाे।

बङ्गलादेशका स्थानीय अतिवादीहरुको हिंसात्मक आक्रमण जारी रहेका बेला सो आक्रमणलाई निस्तेज पार्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ। प्रधानमन्त्री शेख हसिनासँग उनले बङ्गलादेशमा पछिल्लो समयमा बढ्दै गएको आतङ्कवादका विषयमा छलफल गर्ने समाचारमा जनाइएकाे छ।

एकदिने यस भ्रमणका क्रममा उनले बङ्गलादेशको नागरिक समाजका प्रतिनिधिहरुसँग पनि छलफल र परामर्श गर्ने कार्यक्रम रहेको छ। बङ्गालेशमा केही समयअघि एक क्याफेमा भएको हमलामा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको थियो। सो हमला आइएसको समन्वयमा भएको बताइएको थियो।

सो हमलाप्रति चासो देखाउँदै अमेरिकाले त्यस समयमा पनि आइएसको संलग्नताको आशङ्का गरेको थियो। सो हमलापछि पहिलो पटक विदेशमन्त्री केरीको बङ्गलादेश भ्रमण भएको छ।

सोमबार बिहान अमेरिकी विदेशमन्त्रीले बङ्गलादेशमा अवतरण गर्नुभन्दा केहीमात्र अघि प्रहरीले यहाँको स्थानीय अतिवादी समूह जमातुल मुजाहिद्दिनका दुईजना लडाकू कारबाहीका क्रममा मारिएको जनाएको थियो।

ती दुई जना बङ्गलादेशको क्याफेमा गत महिना भएको हमलाका योजनाकार रहेको प्रहरीले बताउँदै आएको थियो। बङ्गलादेश र अमेरिकाको बीचमा बिगत निकै लामो समयदेखि प्रतिआतङ्कवादका साथै सुरक्षाका विषयमा साझेदारी रही आएको छ।

अमेरिकाले बङ्गलादेशलाई सुरक्षा विषयमा सघाउदै आएको छ। त्यस्तै आतङ्कवादको नियन्त्रणका लागि पनि बङ्गलादेशलाई अमेरिकी सहयोग रहेको छ। रासस

प्रकाशित: १३ भाद्र २०७३ ०८:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App