coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यमनमा आत्मघाती बम विस्फोट, ४० को मृत्यु

यमनको दक्षिणी सहर एडेनमा भएको एक आत्मघाती बम विस्फोटनमा परि ४० जना भन्दा बढिको मृत्यु भएको छ।

उक्त सहरमा रहेको एक अभ्यास क्याम्प नजिकै भएको आत्मघाती विस्फोटमा परि ४० जनाको मृत्यु हुनुका  साथै दर्जनौ मानिसहरु घाइते भएको बताइएको छ। तर स्थानीय संचार माध्यमले भने मृतकको संख्या ४० देखि ६० जना रहेको बताएको छ।

इस्लामीक स्टेट आइएसआइ समर्थीत समाचार संस्था अमकले उक्त आत्मघाती विस्फोट आइएसआईले गराएको दाबी गरेको छ। तर आइएसआइले भने अझ सम्म कुनै आधिकारीक धारणा सार्वजनीक गरेको छैन।

यमन सरकारले यस हमलालाई मानवता विराधी भन्दै विरोध गरेको छ।

 

प्रकाशित: १३ भाद्र २०७३ ०९:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App