coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

'आफ्नो मान्छे' पठाउन खोज्दा एक महिनादेखि डिएसपीको कुर्ची खाली

जाजरकोट-सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले 'आफ्नो मान्ने' पठाउन खोजेपछि जिल्ला प्रहरी कार्यालय जाजरकोट   झन्डै एक महिनादेखि  प्रमुखविहीन बनेको छ। डिएसपी दानबहादुर मल्ल  प्रधानमन्त्रीको सुरक्षाकोलागि  प्रधानमन्त्री कार्यालयमा सुरुवा भएपछि गत  साउन २२ गते देखि जिल्ला डिएसपी विहीन भएको हो। कांग्रेस र माओवादी केन्द्रका नेताहरुले आफू पक्षको डिएसपीलाइ प्रहरी प्रमुख बनाउन खोजेपछि समस्या आएको हो।

प्रहरी प्रधान कार्यालयले  यसअघि भदौ ३ गते   १२५ जना डिएसपीको सरुवा गर्दा  जाजरकोटवाट  डिएसपी मल्ल सरुवा भएको   देखाएपनि जाजरकोटको प्रहरी प्रमुखमा कसैलाइ खटाएन।

गत साउन २२ गते  जिल्लावाट विदाइ भएर  मल्ल प्रधानमन्त्री कार्यालयमा गएपछि जिल्ला प्रहरी कार्यालयमा  प्रहरी निरीक्षक हिक्मत वोहराले  निमित्त भएर काम गरिरहेका छन्।

नेपाली कांग्रेसका नेताहरुले आफ्नो पक्षको र माओवादी केन्द्रका नेताहरुले आफनो पक्षको  डीएसपी जाजरकोट पठाउन दवाव दिएका कारण प्रहरी प्रधान कार्यालयलाइ समस्या परेको  स्रोतले बताएको छ। जिल्लामा आफू निकटको डिएसपी लैजान पूर्व गृहमन्त्री एंवम माओवादी केन्द्रका नेता शक्ति बस्नेत र नेपाली काग्रेसका सांसद राजीव विक्रम शाहले  प्रहरी प्रधान कार्यालयमा दवाव दिएको स्रोतको दाबी छ।

माओवादी केन्द्रका नेता एवम पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले  छिटो भन्दा छिटो जिल्लामा  डीएसपी पठाउन  प्रहरी महानिरीक्षकलाइ आफूले   आग्रह गरेको बताए। उनले   आफूले  आफ्नो मान्छे पठाउ  भनेर कसैलाइ नभनेको  र  जिल्ला लामो समय डिएसपी विहीन हुनु हुँदैन भनेर सम्वन्धित निकायमा  पहल गरिरहेको दाबी गरे।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले  लामो समय प्रहरी कार्यालय प्रमुख विहीन हुँदा  समस्या पर्ने बताए । केही समयका लागि    खाली हुँदा केहश्र असर नपरेपनि लामो समय प्रमुख नहुँदा  भने  समस्या पर्ने उनको भनाइ छ।  

 

प्रकाशित: १३ भाद्र २०७३ १०:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App