coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

एक दिवसीय अन्तर्राष्ट्रिय आइटी कन्फेरेन्स

काठमाडौं–आइसिटी फर इन्टिलिजेन्ट कम्प्युटिङ् सम्बन्धी एक दिवसीय तेस्रो अन्र्तराष्ट्रिय आईटी कन्फरेन्स सम्पन्न भएको छ । आइतबार काठमाडौंको याक एण्ड यति होटलमा आयोजित उक्त ८ औं न्यास्नल स्टुडेन्ट कन्फेरेन्स अन इन्फोरमेशन टेक्नोलोजीमा आइसीटी सम्बन्धी विद्यार्थीहरुले ३८ वटा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्मेलनको उद्घाटन नास्टका उपकुलपति प्रा.डा. जीवराज पोखरेलले गरेका थिए । नेपाल कलेज अफ इन्फोरमेशन टेक्नोलोजीको आयोजनामा सम्पन्न उक्त कन्फेरेन्समा २०० जना सहभागी थिए । सम्मेलनमा डेनिस विज्ञ थोमस ह्याभी र जापानी विज्ञ टाकी हिरोले विशेष मन्तव्य प्रस्तुत गरेका थिए । सम्मेलनका कोर्डिनेटर सरोज शाक्यका अनुसार उक्त सम्मेलन अत्यन्तै सफल भएको निश्कर्ष सम्मेलनमा सहभागीहरुले बताएका छन् ।

उनले भने,‘आईटीसम्बन्धीका विद्यार्थी, शोधकर्ताहरु र स्कलरहरुको लागि यो अत्यन्तै राम्रो प्लेट फर्मको रुपमा सफल भयो ।’ सम्मेलनमा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत डिपार्टमेन्ट अफ आइटीका महानिर्देशक वीरेन्द्रकुमार मिश्र, क्यानका अध्यक्ष विनोद ढकाल लगायतको उपस्थिति थियो । सन् २००३ मा पहिलो पटक यो सम्मेलनको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

 

प्रकाशित: ११ भाद्र २०७३ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App