६ वैशाख २०८१ बिहीबार
राजनीति

संविधान संशोधन माग मधेसी नेताको मात्रै: सचिव ज्ञवाली

भक्तपुर-नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले मधेसी मोर्चाले राखेको संविधान संशोधनको माग मधेसी जनताको नभएको बताएका छन्। उनले उक्त माग मधेसी नेताहरुको मात्रै रहेको बताए।

रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कारमा ज्ञवालीले मधेसी मोर्चाका केही नेताहरुको ब्यक्तिगत मागलाई मधेसी जनताको माग भनिएको दावी गरे। यस कारण यो आधारमा संविधान संशोधन गर्नु गलत हुने उनले बताए। संविधान संशोधनका लागि नेपालमा नभएर अन्य मुलुकमा छलफल हुनुले समेत यो मधेसी जनताको माग नभई केही नेताहरुकै माग भएको स्पष्ट भएको उनको भनाई छ।

एमालेले संविधान सशोधनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै जायज माग बाहेक केही नेताहरुको स्वार्थ पुरा गर्न संविधान संशोधनका लागि एमाले कदापी तयार नहुने बताए।

उनले एमाले जसरी पनि निर्वाचन हुनुपर्ने पक्षमा रहेको र संविधान कार्यान्वन र यसको रक्षाका लागि समेत निर्वाचन अपरिहार्य रहेको बताए। निर्वाचन नभए देशमा संबैधानिक संकट देखिने र यसले संविधान कार्यान्वयनमा अप्ठेरो स्थिति श्रृजना गर्ने उनको भनाई छ।

नेपालमा प्रत्यक्ष रुपमा देखिएको वैदेशिक हस्तक्षेप सबैका अघि स्पष्ट भएकाले राजनीतिक दलहरुले बेलामै आफ्नो देशको रक्षाका लागि एक हुन उनको विशेष जोड छ।

 

 

 

 

प्रकाशित: १४ भाद्र २०७३ १०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App