coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

तीज महोत्सवमा महिला भलिबल प्रतियोगिता

पोखरा-तीज महोत्सवका अवसरमा पोखराको लामाचौरमा शुक्रबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा यही भदौ १७ देखि १९ गतेम्म हुने प्रतियोगितामा छ टोलीको सहभागिता रहने खेलकुद संयोजक सुशील श्रेष्ठले बताए। प्रतियोगितामा सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, न्यु डायमन्ड विद्यालय, टप्स आवासीय विद्यालय र मध्यपश्चिमाञ्चल टोलीको सहभागिता रहने छ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु ७५ हजार १०१, द्वितीय हुनेले रु ५० हजार एक सय एक र तृतीयले रु ३० हजार एक सय, सिल्ड, पदक र प्रमाणपत्र पाउने छन्।

सोही अवसरमा विद्यालयस्तरीय महिला भलिबल प्रतियोगिता पनि आयोजना गरिने छ। प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीलाई क्रमशः रु २५ हजार एक सय एक र रु १५ हजार एक सय एक दिइने समाजका पूर्वअध्यक्ष सञ्जय अधिकारीले जानकारी दिए।

सोही उपलक्ष्यमा सितेरियो कराँते प्रतियोगिता, तीज गीत, नृत्य र विद्यालयस्तरीय नृत्य प्रतियोगिता पनि सञ्चालन गरिने छ। रासस

 

प्रकाशित: १४ भाद्र २०७३ १०:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App