coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बजेटसँग सम्बन्धित विधेयकलाई पारित गर्छाैंः र्अर्थमन्त्री महरा

काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताएका छन्।

अर्थमन्त्री महराले यहाँ आज आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा राष्ट्रिय ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकलाई पारित गरेर अगाडि बढ्ने तयारी भएको बताए।

राजनीतिक अविश्वासका कारण बजेटका आश्रित विधयेक असफल भएको बताउँदै उनले भने, “अविश्वासका कारण विधेयक असफल भएको हो, गल्ती भएर होइन। अब राजनीतिक पूर्वाग्रह राखिन्न।”

सरकारको मुख्य काम संविधान कार्यान्वयन भएको स्पष्ट गर्दै अर्थमन्त्री महराले संविधानमा अधिकतम सहमति गरेर अगाडि बढ्ने बताए। उनले भूकम्पपछिको पुनःनिर्माणलाई द्रुतगतिमा अगाडि बढाउने विश्वास दिलाए।

अर्थमन्त्री महराले आर्थिक क्षेत्रसँग सम्बन्धित सबै ऐन तथा कानुनलाई अगाडि बढाउन आफूले पहल गर्ने बताउँदै अभिसन्धि ऐन, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनलाई अगाडि बढाउने जानकारी दिए।

उनले आफू मन्त्री भएपछि युवा उद्यमी छान्ने कार्य, बजेट कार्यान्वयनका लागि योजना र राजस्वको आधुनिकीकरणसम्बन्धी निर्णय गरेको जानकारी दिए।

अर्थमन्त्री महराले स्थानीय निकाय, प्रान्त र केन्द्रको निर्वाचन गरेपछिमात्र संविधान कार्यान्वयन तथा शान्ति प्रक्रियाका बाँकी काम सापेक्षित रुपमा अन्त्यतिर पुग्ने भएकाले सरकारले त्यसलाई प्राथमिकता दिएको बिचारव्यक्त गरे। उनले भने, “सङ्क्रमणकालको अन्तिम अवस्थामा छौँ तीन वटा निर्वाचन गरेपछिमात्र केही स्थिरता आउँछ, यो नै यथार्थ हो।” रासस
 

प्रकाशित: १४ भाद्र २०७३ १२:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App