८ वैशाख २०८१ शनिबार
खेल

इब्राहिमोबिचद्वारा संन्यासको घोषणा

पेरिस – स्विडिस स्टार जाल्टन इब्राहिमोबिचले अन्तराष्ट्रिय खेल जीवनबाट संन्यासको घोषणा गरेका छन्।
उनले हाल फ्रान्समा जारी युरो कप २०१६ आफ्नो अन्तराष्ट्रिय करियरको अन्तिम प्रतियोगीता भएको पनि बताएका छन्।

उनले आफ्ना समर्थकहरुलाई धन्यबाद दिदै स्विडस टोलबाट खेल्न पाएकोमा गर्व गरेको बताए।

जारी युरोकपमा उनले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन्। उनको टोली पहिलो खेलमा इटालिसंग पराजित भएको थियो भने दोस्रो खेलमा आयरल्याण्डसँग बराबरीमा रोकिएको थियो। स्विडेनले बुधबार राती हुने खेलमा बेल्नियमको सामना गर्दैछ र उसलाई नकआउट चरणको सम्भावनानलाई जिवितै राख्न पनि यो खेल जित्ने पर्ने दबाबमा छ। यो नै उनको अन्तिम खेल हुन सक्छ।

सन् १९९९ बाट स्विडेनको यु १८ बाट प्रतिनिधित्व गरेका इब्राहिमोबिचले सन् २००१ मा विश्वकप छनोटअन्तर्गत अजरबैजान विरुद्धको खेलबाट सिनियर टोलीमा डेभ्यु गरेका थिए।

स्विडेनबाट ११५ क्याम्प खेल्दै उनले हालसम्म ६२ गोल गरेका छन्।

 

प्रकाशित: ८ असार २०७३ ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App