७ वैशाख २०८१ शुक्रबार
राजनीति

तमलोपा महामन्त्रीमा जितेन्द्र सोनाल नियुक्त

काठमाडौं– महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीको महामन्त्रीमा जितेन्द्र सोनाल नियुक्त भएका छन्।

निवर्तमान महामन्त्रीसमेत रहेका सोनाललाई महाधिवेसन पछि पहिलो चरणमा केन्द्रीय समिति विस्तार गर्दा केन्द्रीय सदस्यमा मात्रै सिमित गरिएको थियो। तर, सोनाललाई महामन्त्री नबनाई केन्द्रीय सदस्यमा सिमित गरे पछि अध्यक्ष ठाकुर माथी देशभरीवाट चर्को दबाब पर्दै आएको थियो।

सोनाललाई महामन्त्री नबनाएको भन्दै देशभरीवाट तिव्र दबाब परे पछि बाध्य भएर ठाकुरले उनलाई सोमवार महामन्त्रीमा नियुक्त गरेको स्रोतले बतायो । तर, सोनालले भने यसबारेमा केही प्रतिक्रिया दिएनन।

‘पार्टीले मेरा काम र भूमिकाको मूल्याङकन गरेर जिम्मेवारी सुम्पेको छ, यसलाई आफनो ठाऊँवाट सक्दो निभाउने छु’ सोनालले भने ।

प्रकाशित: १४ भाद्र २०७३ १३:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App