७ वैशाख २०८१ शुक्रबार
अर्थ

स्पोर्टी स्कुटर ‘रे जेडआर’ सार्वजनिक

काठमाडौं-नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले नाडा अटो सोमा मंगलबार नयाँ सिग्नस रे जेडआर सार्वजनिक गरेको छ । स्कुटर सेग्मेन्टमा यामाहाको नयाँ उत्पादन परिचित ‘रे’ प्लेटफर्ममै भए पनि स्पोर्टी लुक्समा छ।

‘स्पोर्टी र हेभी’ स्कुटरमा बलियो फ्रन्ट मास्क, सीधा रेखा र गतिको आभास दिलाउने ग्राफिक्स कोरिएका छन् । नयाँ मोडलले व्यवहारिकता र सुविधालाई जोड दिएको बाइक पुरुष राइडरलाई पुग्ने ‘लेग स्पेस’, ठूलो ‘अन्डरसिट स्टोरेज’ (२१ लिटर) र बाक्लो कुसन रहेका छन् ।

रे जेडआरमा एअर कुल्ड ४–स्ट्रोक, एसओएचसी, सिभिटीजडित ११३ सिसी ‘ब्लु कोर’ इन्जिन जडान गरिएको कम्पनीले जनाएको छ । सिभिटीले स्कुटर सुरु हुँदा र गुडिराख्दा ‘स्मुथनेस’को आभास दिलाउने कम्पनीको भनाइ छ । नयाँ स्कुटरको डिजाइन आकर्षक छ भने इन्धनको अधिकतम प्रयोगलाई प्रत्याभूत गर्ने र ६६ किलोमिटर प्रतिलिटर माइलेज दिने जानकारी गराएको छ ।

‘मोटरसाइकल जगतमा स्कुटर सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको सेग्मेन्ट हो । हाम्रो सेल्समा स्कुटरको ३९ प्रतिशत योगदान छ र आउँदो वर्ष हामीले २८ देखि ३० प्रतिशत बजार हिस्सा ओगट्ने लक्ष्य लिएका छौं,’ एमएडब्लुको सेल्स एन्ड बिजनेस डेभलपमेन्ट–एजिएम दिपक रौनियारले भने, ‘नेपाली बजारमा यामाहाको फेसिनो, रेजी र अल्फा निकै रुचाइएको छ । आशा छ, स्टाइलिस बडी भएको रे जेडआरले ट्रेन्डप्रति संवेदनशील युवा राइडर्सको अपेक्षा पूरा गर्नेछ ।’

उनले यामाहाका स्कुटरलाई नेपाली बजारमा स्वीकार गरिएको बताए । ‘फेसिनो सार्वजनिक गरेपछि हाम्रो स्कुटर बिक्री तीव्र रुपमा बढेको छ । रे जेडआर ल्याएपछि हामी थप उत्साहित भएका छौं,’ उनले अगाडि थपे ।

सो स्कुटरमा ‘की सटर लकिङ सिस्टम’ प्रयोग गरिएकाले स्कुटी चोरी हुनबाट जोगिने कम्पनीको दाबी छ । चुच्चो टेल लाइटले स्कुटर थप आकर्षक र पछाडिको साइडलाइट बडीबाट बाहिर निस्कने गरी डिजाइन रहेको छ । डिस्क ब्रेक, ट्युबलेस टायर र रोबस्ट बडीमा कुँदिएको ग्राफिक्सले स्पोर्टी स्कुटर बनाइएको कम्पनीले बताएको छ ।

रे जेडआर डिस्क ‘म्याट ग्रिन’ र ‘फिज ह्वाइट’ कलरमा र ड्रम ब्रेकमा उपलब्ध स्कुटी गरी ड्रम ब्रेक मोडेल ‘माभेरिक ब्लु’ र ‘रुस्टर रेड’मा रहेको कम्पनीले बताएको छ । यामाहाले ग्राहकको आवश्यकता र मागअनुसार निरन्तर स्कुटरका विभिन्न मोडल उत्पादन गर्दै आएको छ । युवावर्ग लक्षित सो स्कुटी स्टाइल, स्पोर्टिनेस र इनोभेसन रहेको कम्पनीले बताएको छ।

प्रकाशित: १५ भाद्र २०७३ ०१:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App