७ वैशाख २०८१ शुक्रबार
अर्थ

अटो सोमा होन्डाका नयाँ बाइक

काठमाडौं– होन्डा कम्पनीले होन्डा नाभी र होन्डा सिविआर ६५ एफ नामक नयाँ बाइक लन्च गरेको छ। होन्डाको मोटरसाइकल र स्कुटरको अधिकृत बिक्रेताका रुपमा रहेको स्याकार ट्रेडिङ प्रालि चलिरहेको नाडा अटो–सो २०१६ को अवसरमा नयाँ बाइक नेपालमा लन्च गरेको हो।

लन्च भएको नाभी ब्रान्डको बाइकमा १ सय ९ सिसीको इन्जिन रहेको कम्पनीले बताएको छ । ७ हजार आरपिएम रहेको बाइकमा ८ बिएचपी र ५ हजार ५ सय आरपिएममा ८.९६ एनएमको पिक टर्क दिने समेत बताएको छ । बाइकको अगाडि ह्विल १२ इन्च र रियर ह्विल १० इन्च रहेको र १ सय ३० एमएम ड्रम टाइप ब्रेकिङ युनिट र ट्युबलेस टायर रहेको जनाएको छ ।

अपसाइड फोर्क र रियरमा हाइड्रोलिक मोनोसकमा रहेको उक्त बाइकको सुरु मूल्य १ लाख ५४ हजार ९ सय रुपैयाँ रहेको तोकिएको  र आगामी नोभेम्बरदेखि बिक्री सुरु हुने कम्पनीले जनाएको छ ।

होन्डा सिबिआर ६५ एफ बाइक प्रिमियम स्पोर्टस टुरर समेत लन्च गरेको छ । ६ सय ५० सिसीको उक्त मोटरसाइकलमा १६ भ्यालु इन–लाइन ४ सिलिन्डर डिओएचसी इन्जिन रहेको जनाएको छ । सो मोटरसाइकल ६४ किलोवाट रहेमा ११ हजार आरपिएमको म्याक्स पावरले चल्ने जानकारी दिएको छ ।

४ हजारको न्यून आरपिएममा समेत परफर्मेन्स दिने होन्डा रेसिङ कर्पोरेसनले उक्त रातो, सेतो र निलो बाइक लन्च गरेको हो । सो बाइकको मूल्य १९ लाख ९९ हजार रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ भाद्र २०७३ ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App