१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मायादेवीको निधनप्रति शोक व्यक्त

काठमाडौं–साहित्यकार इन्द्रबहादुर राईकी पत्नी मायादेवी थापा राईको निधनप्रति लेखक तथा साहित्यकारले शोक व्यक्त गरेका छन्।
भदौ ११ गते ८८ वर्षको उमेरमा भारतको दार्जिलिङको इडेन अस्पतालमा मायादेवीको निधन भएको थियो ।

मायादेवीको निधनप्रति साहित्यकारहरुले संयुक्त विज्ञप्तिमार्फत्  शोक व्यक्त गर्दै अग्रज साहित्यकार इन्द्रबहादुर राईलाई जीवनको उत्तरार्धकालमा पर्न गएको पत्नी वियोगको पीडा सामना गर्नसक्ने साहस मिलोस् भनी प्रार्थना गरेका छन् ।

साहित्यकारहरु  वैरागी काइँला, डा. ध्रुवचन्द्र गौतम, नरहरि आचार्य, बलदेव शर्मा मजगैंया,  पुरुषोत्तम बस्नेत, डा. तुलसी भट्टराई, डा. विष्णुविभु घिमिरे, प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. कुमार कोइराला, प्रा. डा. ज्ञानु पाण्डे, श्रवण मुकारुङ, कृष्ण धरावासी, रत्नमणि नेपाल, डा. नारायण चालिसे, शारदा शर्मा, धर्मेन्द्र नेम्बाङ, ज्ञानुवाकर पौडेल, डा. दुबसु क्षेत्री, गणेश रसिक, सन्ध्या पहाडी, विवश पोखरेल, शशी लुमुम्बु, रामेश्वर राउत मातृदास, डा. बेन्जु शर्मा, गोपाल अश्क, प्रा. डा. कुसुमाकर न्यौपाने, उत्तमकृष्ण मजगैंया, रामलाल जोशी, सुको साइबर, सोझो गाउँले, बाबु त्रिपाठी, नवीनचन्द्र घिमिरे, प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल, प्रा. डा. हेमचन्द्र नेपाल, प्रा. डा. दुर्गाप्रसाद अर्याल, डा. शैलेन्दुप्रकाश नेपाल, डा. दीनबन्धु शर्मा, सुन्दर मानन्धर, वियोगी बुढाथोकी, कुमार भट्टराई, दुर्गा विनय, विष्णुकुमार भट्टराई, कृष्ण बराल, विमला तुम्खेवा, मोमिला जोशी, डिल्लीराम सुवेदी, छत्र कार्की, रमेश पौडेल र केशव सिग्देल छन्  ।

 

प्रकाशित: १५ भाद्र २०७३ ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App