coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्राजिलको संसदद्वारा राष्ट्रपति रुसोफ विरुद्धको महाअभियोग बहुमतले पारित

ब्रासिलिया– ब्राजिलको संसदले राष्ट्रपति दिल्मा रुसोफलाई  पदबाट हटाएको छ। रुसोफ विरुद्ध परेको महाअभियोग संसद्को माथिल्लो सदन सिनेटले दुई तिहाई बहुमतले पारित गरेको हो।

रुसोफलाई पदमै रहन दिने वा पदच्युत गर्ने भन्ने विषयमा मतदान भएको थियो।जसमा संसद्मा रहेका ८९ सदस्य मध्य ६१ जनाले पदच्युत गर्ने पक्षमा मतदान गरेका थिए। रुसोफ पदच्युत भएसँगै ब्राजिलमा विगत १६ वर्षदेखि सत्तामा रहेको वामपन्थी बोर्कस पार्टीको शासनकालको अन्त्य भएको छ।

रुसोफविरुद्ध पदमा रहँदा आर्थिक अनियमितता गरेको र पदको दुरुपयोग गरेको आरोप लाग्दै आएको थियो। उनले भने सो आरोप अस्विकार गर्दै आएकी छन्। उनी पदमुक्त भएपछि उनको बाँकी कार्यकाल अन्तरिम राष्ट्रपति मिसेल टिमरले सम्हाल्ने भएका छन्। उनको कार्यकाल सन् २०१८ मा सकिँदै थियो ।

 

 

 

प्रकाशित: १६ भाद्र २०७३ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App