coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आइसल्यान्ड, बेल्जियम, आयरल्याण्ड र पोर्चुगल अन्तिम १६ मा

काठमाडौं- युरो कप २०१६ अन्तर्गत गएराति सम्पन्न खेलहरुमा इटली आयरल्याण्डसँग पराजित हुँदा बेल्जियम र आइसल्याण्ड भने विजयी भएका छन्। यता हंगेरी र पोर्चुगलले भने बराबरी खेल्दै अंक बाँडेका छन्।

समूह एफअन्तर्गतको खेलमा आयरल्याण्डले इटलीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८५औं मिनेटमा ब्रेडीले गोल गर्दै आयरल्याण्डलाई १-० को जित दिलाएका थिए।

दास्रो खेलमा बेल्जियमले स्विडेनलाई १-० गोल अन्तरले पराजित गरेको छ। खेल अवधिभर हाबी बनेको स्विडेन गोल गर्नबाट भने चुक्यो। बेल्जियमको जितमा खेलको ८४औं मिनेटमा र्याड्जा नारिनगोलानले गोल गरेका थिए।

समूह एफबाट इटली हारका बावजुद ६ अंकसहित समूह विजेताका रुपमा र समान ६ अंक बनाएको बेल्जियम गोल अन्तरमा पछाडि पर्दै उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गर्दा आयरल्याण्ड भने ४ अंकसहित उत्कृष्ट तेस्रो टोली बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ।

समूह जीका खेलमा आइसल्याण्डले अस्ट्रियालाई पराजित गर्दा हंगेरी र पोर्चुगले भने बराबरी खेलेका छन्। आइसल्याण्डले अस्ट्रियालाई २-० ले पराजित गरेको हो। खेलको १८औं मिनेटमा बेरभारशोनले गोल गर्दै आइसल्याण्डलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए। तर खेलको ६०औं मिनेटमा सोचोफले गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए। बराबरीतर्फ अघि बढेको खेलको अतिरिक्त समयको ४औं मिनेटमा गोल गर्दै आइसल्याण्लाई कीर्तिमानी जित दिलाएका थिए।

यता हिजै सम्पन्न नाकटीय खेलमा तीनपटक अग्रता लिए पनि हंगेरी पार्चुगलसँग बराबरीमा रोकिएको छ। खेलको १९औं मिनेटमा जोल्टन गेराले गोल गर्दै हंगेरिलाई १-० को अग्रता दिलाएका थिए। नानीले ४२औं मिनेटमा गोल गर्दै खेल एक-एक गोलको बराबरीमा ल्याएका थिए। हंगेरिका बालसाज डुसुडाजले ४७औं मिनेटमा गोल गर्दै खेल आफ्नो टोलीलाई २-१ को अग्रता दिलाएका थिए। तर त्यसको तीन मिनेटपछि नै गोल गर्दै क्रिस्टियानो रोनाल्डोले खेललाई २-२ गोलको बराबरीमा ल्याएका थिए। खेलको ५५औं मिनेटमा डुसुडाजलले गोल गर्दै टोलीको अग्रता ३-२ मा पुर्‍याएका थिए तर ६२औं मिनेटमा रोनाल्डोले गोल गर्दै खेल ३-३ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल ३-३ गोलको बराबरीमा सकिएयो।

समूह जीबाट हंगेरी ५ अंकसिहत समूह विजेताका रुपमा र समान ५ अंक बनाएको आइसल्याण्ड गोलअन्तरमा पछाडि पर्दै उपविजेताका रुपमा अन्तिम १६ मा प्रवेश गर्दा पार्चुगलसँग ३ अंकसहित उत्कृष्ट तेस्रो टोली बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ।

प्रकाशित: ९ असार २०७३ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App