coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

रोनाल्डोको कीर्तिमान

लियोन- क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियनसिपको चार फरक संस्करणमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउँदा बुधबार रातिहंगेरीसँग ३–३ को नाटकीय बराबरी नतिजा निकाल्दै पोर्चुगलले नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

स्टेड डे लियोनमा रोनाल्डोले दुई गोल गर्दै प्रतियोगितामा पोर्चुगलको कमजोर सुरुआतलाई सुखद पुनरागमन दिलाएका थिए। रियाल मड्रिडका ३१ वर्षे सुपरस्टारले ५० औं मिनेटमा ब्याकहिल फ्िलकमार्फत पहिलो व्यक्तिगत गोल गरे भने त्यसको १२ मिनेटपछि कडा हेडमार्फत दोस्रो गोल गरे।

जोल्टान जाराको गोलमा १९ औं मिनेटमा हंगेरीले पोर्चुगाली समर्थकलाई स्तब्ध पार्दै अग्रता लिएको थियो। नानीले मध्यान्तर हुन तीन मिनेट बाँकी रहँदा गोल गरेर पोर्चुगललाई बराबरीमा ल्याए। हंगेरीका कप्तान बालाज्स डज्सुजास्कले दोस्रो हाफको दोस्रो मिनेटमै गोल थप्दै टोलीलाई दोस्रोपल्ट अग्रता दिलाए। जसलाई तीन मिनेटपछि रोनाल्डोले बराबरीमा ल्याएका थिए।

फ्रान्समा जारी युरोपियन च्याम्पियनसिपकै सबैभन्दा रोमान्चक खेलको ५५ औं मिनेटमा हंगेरीले फेरि खेलमा अग्रता लियो। कप्तान डज्सुजास्कले नै फ्रि–किकमा दर्शनीय गोल गरेर हंगेरीलाई तेस्रोपल्ट अग्रता दिलाएका थिए। रोनाल्डोले ६२ औं मिनेटमा दोस्रो व्यक्तिगत गोल गर्दै पोर्चुगललाई फेरि बराबरीमा ल्याए। 

बुधबारको नतिजापछि हंगेरी ५ अंकसाथ समूह 'एफ' को शीर्ष स्थानमा रहँदै अन्तिम १६ प्रवेश गर्‍यो। एकै समयमा स्टेड डे फ्रान्समा भएको समूहको अर्को खेलमा अस्ट्रियामाथि २–१ को जित पाएको आइसल्यान्ड उपविजेता भएर नकआउट चरणमा स्थान सुरक्षित गर्न सफल भयो। समान ५ अंक भए पनि गोलअन्तरमा हंगेरीले आइसल्यान्डलाई पछि पार्‍यो। समूहका सबै तीन खेलमा बराबरी नतिजा निकालेको पोर्चुगल भने ३ अंक जोड्दै तेस्रो स्थानमा सीमित भयो। तर, तेस्रो हुनेमध्ये चार उत्कृष्ट टोली अन्तिम १६ मा पुग्ने प्रावधानअनुसार पोर्चुगल यात्रा अगाडि बढाउन सफल भयो।

नकआउट चरणमा स्थान सुरक्षित गरे पनि पोर्चुगलले आगामी खेलमा क्रोएसियाको कडा चुनौती सामना गर्नुपर्नेछ। १ अंकमा सीमित अस्ट्रियाले समूहको पुछारमा रहँदै यात्रा टुंग्यायो। टोलीले अघिल्लो खेलमा पोर्चुगलसँग गोलरहित बराबरी नतिजा निकाल्दै एक अंक जोडेको थियो।

रियाल मड्रिडका स्टार रोनाल्डो चारफरक युरोपियन च्याम्पियनपिमा गोल गर्ने पहिलो खेलाडीसँगै प्रतियोगिताको अन्तिम चरणका १७ खेल खेल्ने पनि पहिलो खेलाडी बन्न सफल भए। पोर्चुगलका लागि भने यो रोनाल्डोको १ सय २८ औं अन्तर्राष्ट्रिय खेल थियो। आइसल्यान्ड र अस्ट्रियाविरुद्धका अघिल्ला दुई खेलमा बराबरीमा सीमित भएपछि पोर्चुगलका कप्तान रोनाल्डो दबाबमा थिए।

अर्को खेलमा आइसल्यान्डले २–१ को महŒवपूर्ण जित हासिल गर्दा जोन बाडी बोइडभार्सन र अर्नर इन्गभी ट्राउस्टासनले गोल गरेका थिए। बोइडभार्सनको गोलमा १८ औं मिनेटमा अग्रता लिएको आइसल्यान्डविरुद्ध अस्ट्रियाका एलेसान्द्रो स्कोइफले ६० औं मिनेटमा बराबरी गोल गरेका थिए। आइसल्यान्डबाट इन्जुरी समयमा ट्राउस्टासनले गोल गरेपछि टोली नाटकीय जित हासिल गर्न सफल भएको थियो। खेलमा अस्ट्रियाका एलेक्जेन्डर ड्रागोभिच ३७औं मिनेटमा प्राप्त पेनाल्टीको मौकामा गोल गर्न असफल भएका थिए।

प्रकाशित: ९ असार २०७३ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App