७ वैशाख २०८१ शुक्रबार
समाज

साउदीका लागि नेपाली राजदूत शर्मामाथि दूतावास भित्रै छुरा प्रहार

काठमाडौं– साउदी अरबका लागि नेपालका कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मामाथि बिहीबार छुरा प्रहार भएको छ। दूतावासमा शरण लिइरहेका एक नेपालीले कार्यबाहक राजदूतमाथि दूतावासकै कार्यकक्षमा छुरा प्रहार गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार छुरा प्रहारबाट घाइते भएका शर्माको साउदी अरबको किङ फेसल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त रहेको छ। आक्रमण गर्नेलाई साउदी प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाही शुरु गरेको छ। आक्रमण गर्ने नेपालीको परिचय भने मन्त्रालयले खुलाएको छैन।

प्रकाशित: १ वैशाख २०७३ १८:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App