८ वैशाख २०८१ शनिबार
समाज

आगोमा जलेर तीज मान्न माइत आएकी चेलीकाे मृत्यु

आगलागीमा परी घाइते भएकाहरुको जाजरकोट अस्प्तालमा उपचार हुँदै । तस्बिर: जनक केसी

जाजरकोट–प्रहरीको सावधानीले जाजरकोट सदरमुकाम खलंगास्थित शान्ति चौताराको बसपार्क  पुरै जल्नवाट जोगिएको छ। भेरीमालिका– ४ शान्ति चौतारास्थित लोकेन्द्र शाहीको घरमा रहेको पेट्रोल डिजेलको डिलरमा   लागेको भीषण आगलागी प्रहरीको सक्रियताले नियन्त्रणमा आएपछि ठूलो क्षति हुनबाट जोगिएको हो।

बेच्नलाइ भाँडामा भरेर राखेको  पेट्रोल पोखिएर बलिरहेको चुलोमा पुगेपछि आगलागी भएको थियो। आगलागी भएको  ५ मिनेटमै  जिल्ला प्रहरी कार्यालयका  प्रहरी निरीक्षक हिक्मत बोहराको नेतृत्वमा गएको  टोली घटना स्थालमा पुगेर आगो निभाउन सुरु गरेको थियो। दमकलको सुविधा  नभएको जाजरकोटमा प्रहरी चलाखीले ठूलो नोक्सानी हुनबाट जागिएको   हो।

आगलागी भएपछि  घाइते चारै जना माथिल्लो तलामा पुगेर झयालबाट हामफालेर भागेर बाँच्न सफल  भए भने  मृतक बोहरा भने  भाग्न नसकेर आगोमै जलेकी  हुन्।

प्रहरीपछि नेपाली सेना, सशस्त्र प्रहरी , नेपाल रेडक्रसका स्वंयमसेवक र सर्वसाधारणको सहयोगमा आगो नियन्त्रणमा आएको थियो। आगलागीमा परी तीजमा आमा बुवा भेटन आएकी नायकवाडा–  २ की संगीता बोहराको ज्यान गएको छ भने  अन्य ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका  निमित्त प्रमुख  हिक्मत बोहराले बताए।

मृतक वोहराको  डेढ वर्षको वच्चा छ। आगलागी भएपछि  घाइते चारै जना माथिल्लो तलामा पुगेर झयालबाट हामफालेर भागेर बाँच्न सफल  भए भने  मृतक बोहरा भने  भाग्न नसकेर आगोमै जलेकी  हुन्।

आगलागीमा परी  संगीता होटेलका प्रोप्राइटर कार्कीगाउँ–७ का  मानसिंह खत्री, भेरी मालिका नगरपालिका– ४ का गोकर्ण चन्द, जिल्ला प्रहरी कार्यालय जाजरकोटका  प्रहरी जवान रमेश शाह, पेट्रोल डिलरका प्रोप्राइटर रुकुम चौरजहारी निवासी प्रेमप्रकास बोहरा घाइते भएका छन्।

डिलर नजिकै  ग्यारेज खोलेका प्रहरी जवान रमेश शाहले पेट्रोल पोखिएको  गन्ध आएपछि डिलर भित्र गएको बेला बाहिरबाट  आगो सल्किएको र  माथिल्लो तलाको झयालबाट भागेर बाँचेको बताए।

बाहिरवाट कसैले आगो लगाएको  हो कि आफैं लागेको  भन्नेबारे थाहा नभएको  घाइते शाहले बताए।   पेट्रोल र डिजेलको डिलर नजिकै  होटलको चुलो भएको कारण आगलागी भएको  अर्का घाइते  गोर्कण चन्दले बताए । उनले डिलरका  अगाडि चुलो नभएको भए आगलागी नहुने  बताए।

घाइते मध्ये खत्री र चन्दको अवस्था गम्भीर छ भने अन्यको  अवस्था सामान्य रहेको  र शरीर जलेका विरामीको  उपचार हुन नसकेपछि सबै विरामीलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको   उनले   जानकारी दिए।  

आगलागीका कारण  लोकेन्द्र शाहीको  तीन तले पक्की घर जलेर ध्वस्त भएको  छ । विहान ११बजे लागेको आगो  आधा घन्टा भित्रै  नियन्त्रणमा आएका कारण ठूलो क्षति हुन नपाएको प्रहरी निरीक्षक  बोहराले बताए। उनले  प्रहरी कार्यालय  टाढा भएको  या  ढिलो खबर भएको भए बसपार्कका सबै घरहरु र बसपार्कका  बसहरुसमेत जल्ने  सम्भावना  रहेको बताए।

आगोमा परी  ८ सय लिटर पेट्रोल, २ वटा मोटर साइकल र अन्य घरायसी  सामाग्रीहरु  जलेर  नष्ट भएका छन् । डिजेल पेट्रोलको  डिलरमा  २२ सय लिटर पेट्रोल डिजेल रहेको प्रहरीले जनाएको छ। आगलागीबाट  ३५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: १९ भाद्र २०७३ ०९:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App