१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूरक बजेट ल्याउने सरकारको तयारी

काठमाडौं–अर्थमन्त्री कृष्णबहादुर महराले सरकारले पूरक बजेट ल्याउने तयारी गरेको बताएका छन्। एक महिनाको अवधिमा आफूले गरेको कामको जानकारी दिन अाइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले सरकारले पूरक बजेट ल्याउने विषयमा गृहकार्य गरिरहेको जनाएका हुन।  उनले सत्तासाझेदार दलसँगको परामर्शपति यस विषमया निर्णय गरिने बताए। चालू आर्थिक वर्षमा एमाले नेतृत्वको सरकारले पूर्ण बजेट ल्याएको थियो।

एमाले नेतृत्वको सरकार परिर्वन भएर माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएपछि सरकारले पूरक बजेट ल्याउने तयारी गरेको हो। बीचमा सरकार परिवर्तन भयो भने सरकारले पूरक बजेट ल्याउने अभ्यास छ।

पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले भूकम्प पीडितलाई एकमुष्ट रकम दिने विषयमा छलफल जारी रहेको जनाए। उनले फास्ट ट्रयाकका विषयमा सबैको चासो भएपनि  के गर्ने भन्नेमा सरकार निष्कर्षमा नपुगेकाे जनाए।

 

प्रकाशित: १९ भाद्र २०७३ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App