७ वैशाख २०८१ शुक्रबार
प्रवास

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादब लन्डन आउने

काठमाडौं—संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यहाँस्थित पार्टीको भातृसंस्थाको अधिवेसनमा भाग लिन लन्डन आउने भएका छन्। पार्टीको भातृसंगठन संघीय समाज यूकेको दोस्रो अधिवेसनमा भाग लिन अध्यक्ष यादव बेलायत आउन लागेको समाजका अध्यक्ष धर्म तामाङले जनाए।

यादवले २५ सेप्टेम्बरमा अल्डरसटको एम्पायर हलमा आयोजना हुने अधिवेशनको प्रमुख अतिथितको रुपमा उद्‌टन गर्ने कार्यक्रम छ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका यादबले एक साता लामो बेलायत भ्रमण क्रममा बेलायती सरकारी अधिकारी तथा राजनीतिक दल, विभिन्न संघसंस्था र  यहाँस्थित पूर्व गोर्खाहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्।

यादव २३ सेप्टेम्बरमा लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिए लगत्तै  भेटघाटमा कार्यक्रममा ब्यस्त रहने तालिका तय भएको छ। यादवले २४ तारिख आदिवासी जनजाति महासंघ बेलायत, भूपु गोर्खाहरुको संगठन गेसोद्वारा अल्डरसटमा आयोजना हुने छुट्टाछुट्टै स्वागत तथा अन्तक्रिया कार्यक्रममा सहभागि हुने छन्। 

२६ सेप्टेम्वरमा संघीय समाज यूकेको रेडिंग क्षेत्रीय शाखाले उनको सम्मानमा विशेष कार्यक्रमको आयोजना गर्नेछ।

तामाङका अनुसार २७ तारिखका दिन अध्यक्ष यादवले बेलायती सरकारी अधिकारी तथा  राजनीतिक दलका प्रतिनिधीहरुसंग भेटघाट  गर्नेछन् ।

यादव सेप्टेम्बर २८ सम्म बेलायतको कार्यक्रम सकेर पार्टीको यूरोपस्थित भातृसंस्थाको अधिवेसनमा भाग लिन जर्मनी, बेल्जियम, स्पेन, पोर्चुगल जाने बताएको छ।

प्रकाशित: २१ भाद्र २०७३ ०७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App