७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियाको मिसाइलको पहुँच अ‍ेमेरिकी सैन्य अखडासम्म

सोल– उत्तर कोरियाली नेता किम जोंग उनले मध्यम दूरीको शक्तिशाली मिसाइलको सफल परीक्षणको प्रशंषा गर्दै प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य अखडालाई सिधा खतरा भएको टिप्पणी गरेका छन्।
समाचार संस्था केसीएनएका अनुसार मुसुदान मिसाइल परीक्षणको निगरानी गर्दै नेता किमले भने, ‘यहा निकै ठूलो अवसर छ, जसले जटिल अवस्थामा परमाणु हमला गर्ने उत्तर कोरियाको क्षमता बढाएको छ।’
अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार  प्रशान्त क्षेत्रमा अमेरिकामाथि समग्र तथा व्यवहारिक ढंगले आक्रमण गर्न उत्तर कोरिया सक्षम रहेको किमले जनाएका छन्। मुसुदान मिसाइलको मार हान्नसक्ने क्षमता २५०० देखि ४ हजार किलोमिटरसम्म रहेको छ।
छोटो दूरीमार्फत दक्षिण कोरिया र जापान मुसुदान मिसाइलको निसानामा पर्ने संचारमाध्यमले उल्लेख गरेका छन्। लामो दूरीमार्फत गुआमस्थित अमेरिकी सैन्य अखडासम्म मार हान्न सकिन्छ। उत्तर कोरियाले केही दिन पहिला मुसुदान नामक शक्तिशाली मिसाइलको सफल परीक्षण गरेको थियो। सोमध्ये एक जापान सागरमा ४ सय किलोमिटरसम्म उडेको थियो। उत्तर कोरियाली समाचार संस्था केसीएनएले सो मिसाइल १ हजार ४ सय किलोमिटरको उचाईंसम्म पुगेको जनाएको छ।

 

प्रकाशित: ९ असार २०७३ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App