७ वैशाख २०८१ शुक्रबार
कला

फसिन् ज्याकलिन

मुमबइ-श्रीलंकन मूलकी बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिस कानुनी झन्झटमा फसेकी छिन् । रिलिज हुन लागेको फिल्म ‘ढिसुम’को एउटा गीतका कारण उनी कानुनी  झन्झटमा फसेकी हुन् ।
फिल्मको एउटा गीतमा ज्याकलिनले गरेको नृत्यले उनलाई कानुनी झन्झटमा फसाएको हो । ज्याकलिनले छोटो कपडा लगाएर र कम्मरमा कृपाण (छुरी) बोकेर नृत्य गरेको र यसबाट शिख समुदायको संवेदनामा चोट पुगेको भन्दै भारतीय अधिवक्ता रविन्दर सिंहले ज्याकलिनविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । कृपाण शिख समुदायमाझ धार्मिक तथा सांस्कृतिक महŒव भएको  सानो र छरितो हतियार हो । ज्याकलिनसँगै फिल्म निर्माण युनिटका अन्य केही सदस्यलाई पनि उजुरीमा दोषी करार गरिएको छ ।

 

प्रकाशित: ९ असार २०७३ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App