७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरीले २ राउण्ड गाेली प्रहार गरी बबरमहलबाट एक अभियुक्त पक्रियाे

अभियुक्तलार्इ गाेली लागेकाे स्थानमा प्रहरी

काठमाडौं— महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बबरमहलमा एक अभियुक्त प्रकाउ गर्न बिहीबार दिउँसो २ राउण्ड गोली चलाएकाे छ। कलंकी क्षेत्रमा अवैध असुली, डकैती र धाकधम्की दिएर रकम असुली गर्ने २६ वर्षीय जसवन्त रार्इलार्इ प्रहरीले गाेली प्रहार गरी नियन्त्रणामा लिएकाे हाे। ज्यान मार्ने उद्याेगमा फरार रहेका रहेका राई प्रहरी देख्नासाथ भागेका थिए।

उनलाई पछ्याउँदै महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आत्मसमर्पण गर्न चेतावनी दिएको थियो। भाग्दै गरेका राईले बिजुली बजार नजिकै उल्टो प्रहरीलाई फलामको रडले हानेपछि प्रहरीले गोली चलाएको एसएसपी सर्वेन्द्रनाथ खनालले बताए।

प्रहरीले चलाएको गोली राईको घुँडा र तिघ्रामा लागेको छ। गोली लागेर घाइते भएका राईलाई प्रहरीले नियन्त्रणमा लिई उपचारका लागि वीर अस्पताल लगिएको एसएसपी खनालले बताए।

राई काठमाडौंमा कहलिएका गुण्डा नाइके समीरमान सिंह बस्नेत नजिक रहेर असुलीमा सक्रिय थिए। उनी विरूद्ध केही दिनअघि कलंकीका व्यापारीलार्इ मरणाशन्न हुनेगरी कुटपिट गरेकाे अाराेपमा प्रहरीले खाेज्दै अाएकाे थियाे। रार्इ भने लुकिछिपी बस्दै आएका थिए।

प्रकाशित: ९ असार २०७३ ०७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App