coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

भार्डे आर्सनल नजाने

एजेन्सी–इङल्याण्ड तथा लेस्टर सिटीका स्ट्राइकर जेम्स भार्डे आर्सनल नजाने भएका छन्। लेस्टर सिटीले एक विज्ञप्ति निकाल्दै भार्डेका प्रतिनिधि र आफ्नो क्लबबीच उनी आगामी चार वर्षका लागि क्लबमै रहने सहमति भएको बताएको छ। साथै उसले फ्रान्समा जारी युरो कपपछि औपचारिक सम्झौताको जानकारी दिने पनि बताएको छ।

भार्डेले गत सिजन लेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि जित्न उल्लेख्य प्रर्दशन गर्दै २४ गोल गरेका थिए । त्यसपछि उनलाई आफ्नो क्लबमा अनुवन्धन गर्न प्रिमियर लिगका शीर्ष टोलीहरु लागी परेका थिए। प्रिमियर लिग टोली आर्सनलले भार्डेलाई आफ्नो क्लबमा ल्याउन २० मिलियन युरोको प्रस्ताव गरेको थियो।

 

प्रकाशित: ९ असार २०७३ १०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App