८ वैशाख २०८१ शनिबार
समाज

सासू–बुहारीबीच झगडा, सासूको मृत्यु

लहान– सिरहाको कल्याणपुर–२ बंठीयामा गएराति सासू र बुहारीबीच झगडापश्चात् सासुको मृत्यु भएको छ। मृत्यु हुनेमा कल्याणपुर–२ बंठीया निवासी समुन्द्रीदेवी दनुवार रहेको प्रहरीले जनाएको छ।

स्थानीय ४० वर्षीया राजुदेवी दनुवार र उहाँकी सासू ६५ वर्षीया समुन्द्रीदेवी दनुवारबीच घरायसी विषयमा झगडा भएको र झगडापछि समुन्द्रीदेवीको मृत्यु भएको स्थानीयवासीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ। घटनाबारे प्रहरीबाट अनुसन्धान भइरहेको छ। रासस

 

प्रकाशित: ९ असार २०७३ ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App