६ वैशाख २०८१ बिहीबार
कला

'भिन्टेज बाईक’ मा सृजनाको बोल्ड फोटोसुट

काठमाडौं – मिस नेपाल २०१६ प्रतियोगिताको टप फाईभमा पुगेर मिस नेपालको उपाधीकी दावेदार रहेकी मोडल सृजना रेग्मीले ‘भिन्टेज बाईक’मा बोल्ड फोटोसुट गरेकी छन्।

फोटोग्राफर किशोर कायस्थले एक म्याकेजिनको लागि खिचेको ‘भिन्टेज बाईक’ थिमको फोटोसुटमा सृजना मोडलको रुपमा देखिएकी छन्।

‘एकदिन दरवारमार्गमा नयाँ थिममा फोटोग्राफी गर्ने सोचिरहेको बेला सृजनासँग भेट भएको थियो। उनी ‘भिन्टेज बाईक’को फोटोसुटको लागि तयार भएपछि करिव दुई साताअघि चोभारमा फोटोहरु खिचेका थियौं,’ फोटोग्राफर किशोर कायस्थले भने,‘ नयाँ शैलीको फोटोसुटहरु गर्न प्रोत्साहित हुने हुँदा प्रायः मोडलहरु त्यही भन्ने हुन्न।’

फाटोसुटको लागि फोटोग्राफर किशोरले होन्डाको स्याडो, भेस्पा र ब्रिटिस बाईकको प्रयोग गरेका थिए। त्यस्तै बिजेन तामाङले हेयर र मिना कायस्थले मेकअप गरेकी थिइन्।

पछिल्लो समय मोडल सृजना विभिन्न मोडलिङसम्बन्धी गतिविधिमा सक्रिय छिन्। विगत तीन वर्षदेखि र्याम्प मोडलिङमा सक्रिय मोडल रेग्मी ग्ल्याम हन्ट २०१४ र मिस ग्राण्ड इन्टरनेशनल २०१४मा सहभागी भइसकेकी छन्।

तस्बिरहरू: किशोर कायस्थ

प्रकाशित: ९ असार २०७३ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App