४ वैशाख २०८१ मंगलबार
राजनीति

पूर्व विशिष्ठलाई उपचार खर्च दिने निर्देशिका बनाउन अर्थ समितिको निर्देशन

काठमाडौँ – संसदको अर्थ समितीले उपाचार गराउन नसक्ने पूर्व विशिष्ठ पदाधीकारीहरुलाई मात्र उपचारका लागि सहायता  खर्च दिन सरकालाई  सुझव दिएको छ।

आज बिहान सिंहदरबारमा बसेको अर्थ समितीको बैठकले पूर्वविशिष्ठ पदाधीकारीहरुलाई स्वास्थ्य तथा औषध उपचारका लागि दिने खर्चमा व्यापक अनियमीतता भएको भन्दै निर्देशिका  बनाएर मात्र रकम बाँढ्न सरकारलाई सुझाव दिएको हो।

बैठकमा सहभागी सांसदहरुले सरकारले विना कुनै निर्देशिका मनपरी रकम बाँढेको भन्दै यसले स्वास्थ खर्चका नाममा दुरुपयोग बढाएकोले तत्काल निर्देशिका बनाउनु पर्ने बताएका थिए। उनीहरुले उपचार गराउनै नसक्ने पूर्वविशिष्ठ पदाधीकारीलाई मात्र सहायता दिनु पर्ने बताए।   उनीहरुले सरकारले  मन्त्रिपरिषद बैठक , गृह मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वास्थ्य उपचारको नाममा मनपरि रकम बाँढिएको भन्दै  अबबाट स्वास्थ्य मन्त्रालयले उक्त रकम निकासा गर्नुपर्ने बताए। हाल सरकारले पूर्वविशिष्ठलाई उपचार सहायताकाको नाममा  १५  लाख दिदै आएको छ।

बैठकमा सहभागी स्वास्थ्य मन्त्री गगन थापाले अबबाट स्वास्थ्य मन्त्रालयले निर्देशिका बनाएर मात्र  उपचार खर्च दिने बताए।

त्यस्तै उप–प्रधान तथा अर्थ मन्त्री कृष्ण बहादुर महराले सरकारले दिदै आएको उपचार खर्चमा दुरुपयोग भएको स्विकार गर्दै अब बाट पुर्व विशिष्ठ पदाधीकारीलाई दिदैँ आएको औषध उपचार खर्चमा कडाइ गरिने  बताए।

तर बैठकमा पुर्वराष्ट्रपति डा. रामवरण यादबलाई सरकारले  उपचार खर्चका ६० लाख दिने विषयमा भने कुनै कुरा उठेन ।

 

 

 

प्रकाशित: २९ भाद्र २०७३ ०६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App