६ वैशाख २०८१ बिहीबार
समाज

काबुल घटनाका मृतक तामाङको शव आज ल्यार्इंदै

काठमाडौं, असार ९ (नागरिक)– आतंकवादी समूह तालिबानको आक्रमणमा मृत्यु भएका नेपाली कामदार च्याङ्बा तामाङको शव शुक्रबार बिहान साढे ८ बजे काठमाडौं ल्याइँदै छ। 

सोमबारको बम विस्फोट घटनामा घाइते भएका तामाङको उपचार क्रममा बुधबार मृत्यु भएको हो । उनीसहित घटनामा १३ नेपाली मारिएका थिए भने ६ जना घाइतेको उपचार दिल्लीमा जारी छ । चिकित्सकका अनुसार उनीहरुको अवस्था खतरामुक्त छ ।

स्थानीय समयअनुसार बिहीबार दिउँसो २ः५५ बजे एयर इन्डियाको जहाजमा तामाङको शव नयाँदिल्लीतर्फ लगिएको छ । शुक्रबार ‘एयर इन्डिया २१३’ उडानमा भारतको नयाँदिल्लीबाट काठमाडौं ल्याइने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जानकारी दिए ।

 

प्रकाशित: १० असार २०७३ ०१:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App