coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाउँलेका गुनिला डाक्टर गुणराज

डा. गुणराज अवस्थी

बैतडी– तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले साढे दुई वर्षअघि डा. गुणराज अवस्थीलाई ठूलो ‘अफर’ दिए । बालस्वास्थ्य महाशाखाको निर्देशक बन्न मन्त्रीले दिएको ‘अफर’ उनले इन्कार गरे। त्यही बेला उनलाई विभिन्न जिल्लाबाट मासिक लाखौं रकम दिने ‘अफर’ नआएका पनि होइनन्। ती सबैलाई लत्याए उनले । यसको पछाडिको कारण हो– बैतडीलाई स्वास्थ्य क्षेत्रमा नमुना बनाउने अभियान।
सरकारी छात्रवृत्तिमा विदेश पढेर फर्किएका चिकित्सक अक्सर दुर्गम आउन मान्दैनन् तर उनले डाक्टरी पेसाको अधिकांश समय देशका दुर्गम गाउँमै बिताएका छन् । यही क्रममा जिल्ला स्वास्थ्य कार्यालयको प्रमुख भएर पाँच वर्षअघि डा. अवस्थी बैतडी आएका थिए ।  

तत्कालीन स्वास्थ्यसचिव डा. सुधा शर्माले बैतडीको स्वास्थ्य अवस्था सुधार्न उनलाई जिम्मेवारी दिएर पठाएकी थिइन् । ‘त्यो बेला जिल्लाको स्वास्थ्य सेवाको अवस्था राम्रो थिएन, सामान्य उपचार अभावमा जनताले मृत्युवरण गर्नुपर्ने अवस्था थियो,’ उनी सम्झिन्छन् । अहिले जिल्लाको स्वास्थ्य सेवाको अवस्थामा व्यापक सुधार आएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने अभियानको नेतृत्व डा. अवस्थीले लिए।

एक वर्षभित्रै डडेल्धुरा गाउँ–गाउँमा हेल्थ युनिट स्थापना गरे, चार वर्षमा जिल्लालाई स्वास्थ्य सेवामा ६८ बाट झारेर चौथो स्थान दिलाए

२०६८ भदौ १० मा प्रमुख भएर उनी आउँदा बैतडी जिल्ला स्वास्थ्य सूचकांकका आधारमा झन्डै पुछारमा थियो । ६८ औँ नम्बरमा रहेको जिल्लालाई उनले एक वर्षमै १० औँ नम्बरमा झारे । यो वर्ष स्वास्थ्य सूचकांकमा बैतडी देशकै चौथो जिल्ला भएको छ । स्वास्थ्य सुधार अभियानलाई डा. अवस्थीले गाउँ–गाउँमा फैलाए । र, उनको अभियानलाई स्वास्थ्यकर्मीले साथ दिए । फलस्वरुप सकारात्मक प्रतिफल प्राप्त भयो ।

‘५६ गाविस दुई नगरपालिका रहेको जिल्लाका सबै गाविसमा पैदल हिँडेको छु,’ उनले भने, ‘म यहाँ आउँदा जिल्लामा सुरक्षित सुत्केरी सात प्रतिशत थियो, अहिले ७१ प्रतिशतमा झरेको छ ।’ बैतडीको स्वास्थ्य क्षेत्रमा अझै सुधार ल्याउने उनको  सोच छ । अस्पताल आइसकेपछि कुनै पनि व्यक्तिले सर्वसुलभ उपचार पाउनुपर्छ भन्ने उनको मान्यता छ । त्यसैका लागि उनी अहोरात्र खटिन्छन् ।  सुरक्षित प्रसूती सेवाका लागि उनले सुरु गरेको ‘नो होम डेलिभरी’ अभियान गाउँ–गाउँ पुगेको छ ।

‘एक गाविसमा ४÷४ वटा हेल्थ युनिट भएको नेपालमै पहिलो जिल्ला बैतडी हो । एउटा डाक्टरको सत्प्रयासले समुदायको स्वास्थ्य सेवामा व्यापक परिवर्तन आएको छ,’ स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रीय सचिव टेकराज अवस्थीले भने । उनका अनुसार अहिले नेपालमै सबैभन्दा बढी प्रसूति केन्द्र भएको जिल्ला बैतडी भएको छ । उनी आउँदा ११ ठाउँमा सुरक्षित सुत्केरी सेवा दिइँदै आएकोमा अहिले १ सय १४ ठाउँमा विस्तार भएको छ । १ सय ६० ठाउँमा उक्त सेवा पु¥याउने उनको सोच छ । उनी जहाँजहाँ बस्छन्, रोगीको सेवामा मात्र खटिँदैनन, स्वास्थ्य क्षेत्रमा भएका विकृति र विसंगति हटाउन नीतिगत सुधारका पक्षमा  समेत वकालत गर्छन् ।

‘डा. अवस्थीले सुदूरपश्चिमको स्वास्थ्यमा नमुना काम गरिरहेका छन्,’ स्वास्थ्यकर्मी संघका केन्द्रीय सचिव ओझाले भने, ‘डाक्टरको पहिलो प्राथमिकता स्वास्थ्य सुधार हो ।’ बैतडीको स्वास्थ्य अवस्था बुझ्न दैनिक विभिन्न जिल्लाका स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाबाट सयौं व्यक्ति आउने गरेका छन् ।
दार्चुला, शंकरपुर–४ का डा. अवस्थीले गाउँमा स्वास्थ्यचौकी र सडक यातायात नहुँदा बोकेर भारतीय अस्पताल लग्दा आफन्तको अनाहकमा ज्यान गएको देखेका छन् । त्यसै बेलादेखि दुर्गमका बिरामीको सेवा गर्ने अठोट लिएका उनलाई २०७० मा देशभरका जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखमध्ये उत्कृष्ट घोषणा गरियो । स्वास्थ्य मन्त्रालयको अनुगमन तथा मूल्यांकन महाशाखाले प्रत्येक वर्ष कार्यसम्पादन मूल्यांकनका आधारमा उत्कृष्ट प्रमुखको घोषणा गर्दै आएको छ ।

क्यान्सरपीडित सहकर्मी डा. चित्र वाग्लेको अवस्था देखेपछि उनले पुरस्कारबापत पाएको एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेर आपूmजस्ता सहकर्मीको क्यान्सर रोग उपचारमा लगाउने निधो गरेका छन् । ‘देशभर १२ सयभन्दा बढी सरकारी डाक्टर छन् । दुर्गममा काम गर्दा कति बेला कुन रोगको संक्रमण हुन्छ, थाहा हँुदैन,’ उनले भने, ‘१२ सयले १२÷१२ हजार रुपैयाँ मात्र दिने हो भने पनि वर्षमा १ करोड ४४ लाखको अक्षयकोष स्थापना हुन सक्छ ।’ मुख्यसचिवलाई उनले यही कुरा जाहेर गरेका थिए ।

‘२४ सै घन्टा बैतडीको स्वास्थ्य अवस्था सुधार गर्नु बाहेक अरु केही कुरा ध्यान भएको हामीले पहिलोपटक डाक्टर पाएका छौं,’ बैतडीका स्थानीय लोकेश साउदले भने । अवस्थीकै पहलमा ५० शड्ढयाको अत्याधुनिक अस्पताल भवन बन्ने तयारीमा छ भने पानीका लागि अस्पताल क्षेत्रमा लाखौंको लगानीमा ‘लिफ्ट पानी’ सर्भे भइरहेको उनले जानकारी दिए ।

बैतडीको स्वास्थ्य क्षेत्रलाई देशकै नमुना बनाउने लक्ष्य रहेको र यसमा सबै सरोकारवालाको सहयोगको अपेक्षा गरेको डा. अवस्थीले बताए । उनले जिल्लामा उत्कृष्ट काम गर्नेलाई सम्मान÷पुरस्कार र नगर्नेलाई दण्ड÷जरिवाना व्यवस्थासमेत गरेका छन् । प्रत्येक वर्ष उत्कृष्ट १० स्वास्थ्य संस्था र सबैभन्दा पछाडि परेका १० स्वास्थ्य संस्थालाई एकैठाउँ राखेर अन्तत्र्रिmया समेत गराउने परिपाटी सुरु गरेका छन् । यसअघि दैलेख, बाजुरा, जुम्ला, टीकापुरलगायत स्वास्थ्य संस्थामा रहँदा पनि देखिने परिवर्तन गरेर डा. अवस्थीले स्थानीयको मन जितेका थिए ।

डा. अवस्थीले २०७४ भित्र घरमा हुने सुत्केरी शून्य (जिरो होम डेलिभरी) जिल्ला घोषणा गर्ने लक्ष्य राखेका छन् । परिवार नियोजनको शिविरमा सुदूरपश्चिमभरि डा. अवस्थीलाई बनाउने गरिएको छ ।

डा. अवस्थी बैतडी आएपछि दुर्गम बस्तीमा पनि स्वास्थ्य सेवा पुगेको छ । जिल्लाका सबै स्वास्थ्य संस्थामा औषधि र स्वास्थ्यकर्मीको दरबन्दी पूर्ण छ । समयसमयमा उनी विभिन्न औषधि कम्पनीबाट औषधि मागेर दुर्गम गाउँमा घुम्ती शिविर समेत सञ्चालन गर्दै आएका छन् । डा. अवस्थी बैतडी हाजिर हुँदा जिल्लाभरि सात जना मात्र अनमी थिए तर अहिले २ सय २० जना अनमी रहेका छन् । उनकै पहलमा १ सय १४ वटा हेल्थ युनिट रहेका छन् ।

एक घर, एक रुपैयाँ प्रतिदिन

बैतडी जिल्लामा स्वास्थ्य क्षेत्र सुधार कोष पनि स्थापना गरिएको छ । बैतडीका सबै परिवारले प्रतिदिन एक रुपैयाँ स्वास्थ्य क्षेत्र सुधार कोषमा जम्मा गर्न आग्रहसमेत गरिएको छ। ‘एक परिवारले वार्षिक २ सय ६५ रुपैयाँ जम्मा गरे पुग्छ,’ उनले भने, ‘यसो गर्दा वार्षिक  १ करोड ६५ लाख जम्मा हुन्छ।’

 

प्रकाशित: १० असार २०७३ ०१:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App