१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

साहित्य कसका लागि ?

रोशन थापा ‘नीरव’
(मानवचेतनाको प्रकटीकरण जब लिप्यन्तर हुन थाल्यो, तब नै मानवमनका अनेक भाव स“गस“गै लिपिबद्ध हुन थाले । आफूभित्रका भावनालाई मानवले सहजै उद्घाटन गर्ने माध्यम साहित्य भनेर कथिँदै आए । आजसम्म आइपुग्दा साहित्यको अनेक चरण, रूप, सिद्धान्त अनि परिभाषा समयअनुसार परिवर्तित र व्याख्यित हुँदै आए । अब अहिले सबै परिभाषा, सिद्धान्त र मान्यता भत्किएको युग भनेर भनिन थालिएको अवस्था हामीले देख्यौ“ । तैपनि अभैm एउटा प्रश्न भने उभिएकै अवस्थामा हाम्रा अगाडि रह्यो । त्यो के भने, साहित्य के र कसका लागि ?

उहिलेदेखि यस प्रश्नमा केही उत्तर यस्तो पनि निहित भएकै थियो—स्वान्तः सुखायका लागि, हृदय परिवर्तनका लागि, समाज उत्थानका लागि आदिआदि भनेर जे शब्दहरू मिलान हुन्थे, त्यही नै साहित्य भन्ने आदर्शवत् वाक्यांश प्रश्नस“गै उत्तरित भएकै थिए । यतिले मानवको ज्याद्रो मनलाई चित्तबुझ्दो भावमण्डित आश्वासन प्राप्त भने भएन । अनेक तर्क तर्किंदै गए । लेखिँदै गए ।)

यसरी निरन्तरित हु“दै रचनाकर्मलाई आज आएर अनेक भावमा प्रदर्शन गर्न थालिएको छ । व्यवसाय बनाउन थालिएको छ । विश्वभित्तालाई घुमाइन थालिएको छ । कलमस“गै लिखित यो सिर्जनाकर्म अब का“चको अक्षरले पनि सजिन थालेको छ । मान्छेका लागि चाहिने दुई छटाक गिदी खप्परका साथ एउटा सानो का“चको शब्दयन्त्र, सरणि दृश्य र आफू रहने सानो स्थान, जहा“ बसेर सिर्जित हुन सकियोस्, यस्तैयस्तै कार्यकारणहरू मान्छेका लागि उपयुक्त रूपमा  उपस्थित भएका छन् ।

अब कुनै मान्यता अडिग, स्थिर र सर्वमान्य रहेको पाइने छैन, किनभने मान्यताहरू भत्किएको सगौरव घोषणा भइसकेको छ । स्वभावले कुनै विचारलाई पर्गेल्ने, आत्मसात् गर्ने र त्यसको महत्ता वा प्रभावलाई आकलन गर्न नसकेसम्म मानवमस्तिष्क त्यसैमा लहरिँदै जाँदोरहेछ । यही मान्यतामा वा हामी पनि त्यसैमा लागेका छौ“ । हो, अब मान्यताको लागि लेखिने छैन । जे लेखिनेछ, त्यो त केवल पत्रकारी शब्दभाव हो । रचनाशीलता त्यो होइन ।

के हो त ? प्रश्न गर्नु पनि निरर्थक नै मानिएको छ, किनभने शब्द तरल र पग्लिँदो अवस्थामा मानवसँगै बगेको छ । कुनै कुरो शाश्वत छैन । एक प्रकारले उत्पत्तिसँगै उठेको वा उभिएको कुरो भनेको मृत्यु हो । मृत्युचिन्तनले यसरी नै अनेक पर्वलाई खेलाउन थालेको छ, अनि मृत्युपर्वले राजनीतिक अनेक हिंसायुक्त घटनालाई बिर्साउने गरी घोषणा गरेको छ ।

अबको युग सर्जकको ‘मृत्युयुग’ हो । सर्जकले लेखिइसकेपछि उसको मृत्यु हुन्छ । लेखेर रचनालाई मसानमा फालिन्छ, अनि लेखक मौन भएर शून्यताको चितामा सुत्न पुग्छ । यसैलाई मृत्युपर्व भनेर पाश्चात्य विक्षिप्त कुनै महात्माले भनिदिएपछि यो भनाइ इथरि“दै हामीकहा“ के आएको हो, हामी उफ्रँदै—हो भाइ, लेखकले लेखिसकेपछि लेखकको मृत्यु हु“दो रहेछ भनेर गर्विंदै जान थालेछौं । अनि हामीलाई मास्टरपिस वा कालजयी भन्ने शब्द पनि सानोसानो लाग्दै आएछ र अनि भन्न थालेछौ“, हामी आजलाई लेख्छौ“, भविष्य वा अनागत पाठकका लागि होइन, यसैले हामीलाई कालजयी भनिने शब्दको निरर्थक विभूषण कदापि सè हुने छैन । कालजयी भनेको त निवृत्तभरणप्राप्त कुनै वृद्धको आत्मरतिमूलक आत्मालाप मात्र हो, किनभने कालजयी के र कसलाई भन्ने कुरो खुट्ट्याउने आजसम्म पनि कुनै त्यस्तो ‘मिजरिङ रड’ मानवसँग प्राप्त भएको छैन ।
(यद्यपि, कालजयी वा यस्तै मास्टरपिस रचना नेपालीमा अझसम्म पनि लेखिन सकेको छैन भनेर कति विद्रूप पाठकमनहरू आजका रचना हेरेर बडो सरल र सहज तरिकामा नाक खुम्च्याउ“दै मूल्यांकन गर्दै गरेको, प्रतिक्रिया दि“दै गरेको, टिप्पणी गर्दै गरेको हामी भेट्न सक्छौ“ ।)
यस्तै पारामा आफ्नो गति र मति लिएर सिर्जना सदैव सिर्जनारत भएको छ, तर अचेल भने क्वा“टीजस्तो लाग्ने रचनाले धेरै डेरा पाउन थालेको यथार्थ पनि हामीअगाडि नै दृश्यित छ । हल्ला, समूह चर्चा, पुरस्कारको अंशबन्डातुल्य हकदाबी आदि प्रकरण पनि आजको रचनास“गै रचित भएको छ । यसबाट रचनाको रसास्वादन गर्नभन्दा पनि पत्रकारी चर्चा, मौखिक हल्ला, विज्ञापित ओइरोले पाठकीय दृष्टि तानिएको छ । यो आजको लेखन हो भनेर भनिदिँदा मलाई लाग्छ, कुनै अनर्थ हुने छैन ।

तैपनि प्रश्न हो, प्रश्न उभी नै दिन्छ फेरि, उसो भए साहित्य के हो ? कसका लागि हो ? यो प्रश्नले फेरि पनि हामीलाई अप्ठेरामा आएको पिलोजस्तो असह्य हुन थाल्छ । परिभाषा हामी खोज्न सक्ने छैनौ“, किनभने हामीले नै परिभाषालाई मारिदिएका हौं । सिद्धान्त क्षतविक्षत भएर राजनीतिको आ“खामा सीमित हुन पुगेको छ । अनि लाग्न थालेको छ, यथार्थमा पाठक हाम्रा लागि जन्मेका नै छैनन् । उसो भए बजारमा जुन र जे वस्तु साहित्य भनेर चर्चिन थालेको छ, त्यसलाई के भन्ने ? अरे त त्यो आजको बजारवादको वस्तुप्रकरण हो । ‘युज एन्ड थ्रो’को व्यवस्था ! केही सामान केही समयका लागि उपयुक्त हुन्छ, त्यसलाई आत्मसात् गर । आवश्यकता भएसम्म राख, उपयोगिता सकेपछि त्यसलाई फाल । कुनै चिन्ता नै छैन । यो तर्क आजको शब्दजालपूर्ण बुद्धिविलासित उपयोगिताको सिद्धान्तअनुरूप व्याख्यित हुन थालेको छ ।

हामीले नमाने पनि सत्य यही हो । अब यस्तोमा कालजयी भनेर रसियन क्लासिक खोज्नु वा आदर्श गुणबखानको लेपन लिएर  लेखनाथ, लक्ष्मीप्रसाद, सिद्धिचरण, गोपालप्रसाद, गुरुप्रसाद, बीपी, गोविन्द गोठाले, भिक्षु, शंकर लामिछाने खोज्नु भनेको दुष्कर कार्य त हो नै, अब ती महात्माहरूको पदचापमा अनेक बहाना गरेर सिर्जिनु पनि निरर्थक नै हुनेछ भनेर भनिने तर्कहरू चर्किंदै पनि छन् । हामीले जे लेख्न लागेका छौ“, उनीहरूको जस्तो होइन भन्छौ“, कसका लागि भनेर भनिएमा भन्नेछौ“, समयका लागि वा कुनै अमुक पाठकका लागि जसको मोह हामीलाई छैन । यसैले हामी आजका लागि लेख्छौ“ । हो, आजका लागि लेखिने भएपछि आजलाई व्यापारीकरण गर्नु कुनै अन्यथा हुने छैन । बजार तयार छ, माग पनि छ । बेच्नका लागि वस्तु आवश्यक छ ।

विगत र आगतको कुनै उपमा चाहिने छैन । लेख, आजका लागि लेख । जसरी हुन्छ लेख । प्रेमिकाको गालाको कोठीको सन्दर्भ होस् वा विदेश गएका धीरोदात्त सहिदका अर्धांगिनी, जसको रासलीलाको छोटो फिल्म भनेर युट्युबमा निर्धक्क अश्लील दृश्य र संवादसहित रिलिज गरिएको छ, यस्ता घटनावलीको कथासार आख्यानमा ल्याइएको होस्, त्यसखाले रचनाको भरमार आजको लेखन हो भनेर सगौरव प्रस्तुति दिने पक्कै पनि प्रकाशक वा प्रकाशनगृह महान् कार्यकारण मान्नुपर्ने युग नै आजको भूमण्डलीय साहित्यिक चेतनावत् स्थिति हो । यसैले यस्तो प्रचलन वा यसले हाम्रो सिर्जनामा शब्द मरेर बा“चेको अभिनय गर्छ भने पनि अन्यथा मान्नुपर्ने कुनै दुखेसो हुने छैन ।

त्यतिमात्र होइन, अचेल त प्रचलन के पनि आएको छ भने अक्षरको यस चलायमान भावभूमिमा अनेक एकहप्ते नायक, नायिका जन्मिनेछन् । जन्मेर सप्ताहभरि अनेक अभिनयको लास्यभाव प्रदर्शन गरी बजार तताउनेछन् । तिनीहरूको खत्तम अवधि (एक्स्पायर डेट) आउनेछ, अनि फेरि अर्कै यस्तै एकहप्ते नायक–नायिका उत्पन्न हुनेछन् अनि गर्नेछन् व्यापारका अनेक लेनदेन । अनि राष्ट्रिय निकुञ्जका ठेकेदार होस् वा मालगुठीका बडाहाकिम, छापाका मर्यादा बिक्रेता होस् वा ठूलठूला कर्पोरेट गृहका फौवञ्जार, ती सबैले आफ्नो व्यापारअनुकूल बेपार विज्ञापीठ लिएर माललाई सजाउने, सम्मानित गर्ने, पुरस्कार अर्पाउने गर्छन् ।

छापामा छ्यापछ्याप्ती यस्तै रचना र रचयिताको महान् कार्यलाई स्थानअनुरूप तालिका बनाइ स्याबासीको अनेक गुटप्रशंसाहरूको विरुदावलीले यही नै आजको महान् रचनाधर्म हो र यस्तो महान् पुण्य कार्य गरी यस महान् सिर्जनाले ठूलो क्षेत्र यस मुलुकको रचनासंसारलाई प्रदान गरेर न भूतो न भविष्यति  गरेको छ भनी विभूषणाको नागरिक बडापत्र पटकपटक प्रदान समर्पणवत् सुसूचित गरेको देखिन्छ । अनि यसको अर्को किनारामा बसेर सदैव राष्ट्र, समाज, सुसमयका लागि सिर्जना गर्दै यस भूगोलको कुनै कुनामा यस्ता पनि चरित्र र लीलाहरू घटित छन्, जसको लिप्यन्तर गर्नु आफ्नो रचनधर्म भनेर लेखन गर्ने मूल प्रवाहका सर्जकहरू भने यस्तै लेनदेनका भुमरीमण्डलभित्र हराउनेछन् । आजको युग भनेको आफ्नो झुटलाई दस पटक कराइकराइ सत्यताको लेपनमा उभ्याइने युग हो । यसमा अभाव हुने छैन, झुटका साझेदारी अंशियारी आत्माहरू । प्रशंसाका समर्थित अनेक पुष्पगुच्छा लिएर उभिएका हुन्छन् । उनीहरूको निकट समर्थित शब्दकर्मीलाई यसो टिप्पणीको कुनै अंश प्रक्षेप गरेमा छिनमै पादटिप्पणी आविष्कार गरी जसले टिप्पणी गरेका हुन्, उनको व्यवहार निकृष्ट र पठनहीन कमजोरी हो भनेर तुरुन्तै ढाकछोप गरिहाल्ने परिपाटी पनि अहिले देखिएकै छ ।

दशकीय अनुभवलाई शब्दशिल्पिवत् लेखनकर्म गर्ने कर्मकहरूको रचना अब समाप्तिको द्वारमा घिडघिँदो भएको छ भनेर नभने पनि व्यवहार यस्तै हुने गरेको छ । अझ भन्छन्, खै अचेल त तिम्रो रचना बुझ्न सकिने स्थितिमै छैन । यस्तो रचना पढ्न त के हेरिएमा बान्ता आउला जस्तो हुन्छ भनेर बान्ताप्रेमी शब्दठेकेदारले सजिलै भनिदिन्छ । अनि सोच्नुपर्ने हुन्छ, हो त नि अब युग पूर्णरूपमा परिवर्तित भइसकेको छ । प्रेमिकालाई पत्र लेख्नु, आमा–बाउको गुनासो शब्दमा उन्नु, बजारको मालभाउ विवरण गन्नुलाई आजको उत्तरोउत्तर चेतनाबाट लेखिनुपर्ने भएको समयमा कहाँ आदर्श वा सकारात्मक गुणलाई अझै मान्छेभित्र आदर्शको गुण अवस्थित छ भनेर कथ्नु ? कथिएछ भने पनि त सोरै आना वमित प्रकरण हुने नै भएको छ नि ! यसैले तिमीलाई लेख्नु छ भने पहिला जसले तिमीलाई प्रकाशन गर्छ, त्यसले बुझ्ने भनेर लेख, उसले बुझेपछि स्वतः पनि बजारलाई सम्झाइबुझाइ दिनेछ । तब हुनेछ आजको महान् कार्यकारिणी रचनासंसारको सिर्जनामूलक पाठ्यकर्म ।
अब भन्नोस्, साहित्य के र कसका लागि ?

 

प्रकाशित: १ आश्विन २०७३ ०२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App