८ वैशाख २०८१ शनिबार
प्रवास

गोर्खा भूतपूर्व सैनिक संघको अध्यक्षमा कृष्णकुमार राई

लन्डन– भूपू ब्रिटिस गोर्खाहरुको संगठन गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को नयाँ नेतृत्वमा कृष्णकुमार राई चयन भएका छन्। सोमबार अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न गेसोको दोस्रो साधारणसभाले कृष्णकुमार राईलाई अध्यक्षमा सर्वसम्मतले नेतृत्व सुम्पेको हो। राईले यसअघि गेसो केन्द्रीय समितिको सचिव र उपसभापतिको जिम्मेवारी सम्हालिसकेका छन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा धर्मबहादुर तामाङ, मणिकिराँत बान्तवा राई, जितबहादुर राई, भक्तबहादुर गुरुङ, कमला गुरुङ, क्षेत्रकला राई र तीर्खबहादुर पुन चयन भएका छन्। त्यसैगरि, महासचिवमा दशरथ राई, सचिव ओमबहादुर गुरुङ (माइला), सहसचिव रगप्रसाद पूर्जा, कोषाध्यक्ष देवीमाया पुन र सहकोषाध्यक्षहरुमा लालकुमारी गुरुङ र कुसुम तामाङ  निर्वाचित भएका छन्।

साधारण सभाले गेसोको संशोधित विधानलाई समेत पारित गरेको छ। नयाँ विधानअनुरुप केन्द्रीय कार्यसमिति १ सय १९ सदस्यीय  हुने नवनिर्वाचित उपाध्यक्ष धर्म तामाङले बताए। गेसोको संस्थापक अध्यक्ष पदमबहादुर गुरुङले २७ वर्षपछि पहिलो पटक राईलाई नेतृत्व हस्तान्तरण गरेका हुन्।  
 
 

प्रकाशित: ४ आश्विन २०७३ ०८:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App