८ वैशाख २०८१ शनिबार
फोटो फिचर

पुलुकिसी जात्रा मनाइँदै (फाेटाे फिचर)

भक्तपुर– इन्द्रजात्राको अर्को आकर्षण परम्परागत पुलुकिसी अर्थात् ऐरावत हात्तीको जात्रा मंगलबार मनाइँदै छ ।

स्थानीय लाकुलाछेंटोलबाट सुरु हुने पुलुकिसी जात्राले भक्तपुरका वंशगोपाल, इटाछें, दरबारस्क्वायर, सूर्यमढी लगायत स्थानको परिक्रमा गर्ने प्रचलन छ । लाकुलाछें टोलका बासिन्दाले बाँसको मान्द्रोभित्र दुई व्यक्ति राखेर पुलुकिसी तयार गर्छन् । मान्द्रोमाथि नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सुँढ समेत राखी बनाइएको पुलुकिसीलाई स्थानीय टौमढीमा रहेको शक्तिशाली भैरवनाथ देवतालाई भक्तिभावका साथ पूजा गर्न लगाई जात्रा सुरु गरिन्छ।

पुलुकिसी जात्रासँगै आजै आकाश भैरवको खट जात्रा, याँमता (आकासेबत्ती) र तीन दिन मनाइने मूपात्र जात्रा समेत सम्पन गरिन्छ ।

देवीपुराणका अनुसार इन्द्रजात्रासँग सम्बन्धित पुलुकिसी जात्रा इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाइने गरेको इतिहास तथा संस्कृतिविद् बताउँछन्। हेनुस् तस्बिरः

तस्बिरहरूः प्रविन काेइराला

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App