१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

दसैंमा बिहे गर्नेहरु...

भक्तपुर–दसैं र विवाह फरक विषय हुन् । तर भक्तपुरमा दसैंमा विवाह गर्ने चलन छ । दसैैंका अवसरमा धेरै जोडी नयाँ जीवन शुभारम्भ गर्छन् । विवाहका लागि कुनै साइत जुराउनु नपर्ने भएकाले महानवमीको रात विहे गर्नेहरु धेरै हुन्छन्।

महानवमीको रात भक्तपुरको दरवार क्षेत्रमा पायो न्ह्याकेगू (खड्ग जात्रा) हुन्छ । त्यही जात्रामा जात्रालुसँंगै विवाह गर्ने उमेरका केटाकेटी पनि सहभागी हुन्छन् । अनि त्यही रात जात्रामा सहभागी केटी प्रेम परेको केटासँंग भागी विबाह गर्ने चलन छ । यसैले पाय न्ह्याकेगू जात्रालाई स्थानीयबासी विवाहको जात्रा भनेर पनि बुझ्छन्।

संस्कृतिविद् जननीप्रसाद मुलका अनुसार पायो न्ह्याकेगू जात्रा (खड्ग जात्रा) को विबाहसँंग कुनै सम्वन्ध छैन । तर पनि संस्कृति त्यही अनुसार परिवर्तन भएको उनी सुनाउँंछन् । त्यही कारण अहिले यो जात्रा विवाह जात्राको रुपमा स्थापित भएको उनको भनाई छ।

‘जात्रामा सहभागी केटीलाई मनपर्ने केटाले तानेर पनि विवाह गर्न पाइन्छ भने भनाई छ, तर यो पहिलापहिला मात्रै चल्थ्यो अहिले चल्दैन, उनले थपे, ‘अहिले चाहिं पहिला नै मन परेको केटाकेटी भागी वा घरमा कुरा चलाएर विवाह गर्ने चलन छ।’ 

विशेष गरेर विपन्न परिवारले यस्तो प्रकारको विवाह गर्ने चलन छ । दसैंको भोजमै विवाहको भोज पनि खुवाएर थप खर्च नपर्ने भएकाले यस प्रकारको विवाह आर्थिक रुपले कमजोर परिवारले रोज्ने गर्छन् । भक्तपुरका स्थानीय नेवार समुदायमा दसैंको एकादशीदेखि छोरीज्वाईलाई बोलाएर भोज खुवाउनुपर्ने परम्परा छ । विवाह भएको परिवारका यही बेलाको भोज नै विवाह भोजमा परिवर्तन हुन्छ । साथै यो समयमा हुने विवाहमा बाजागाजा पनि आवश्यक पर्दैन। बिना बाजागाजा सामान्य रुपमा यो समयमा विवाह गर्ने चलन अहिले पनि धेरै चल्छ। 

परम्परा अनुसार स्वतन्त्रता नभएको उहिलेको बेला जात्रापर्वमा केटाकेटी स्वतन्त्रतापूर्वक घुमघाम गर्न पाउँंथे । यही समयमा उनीहरु एक अर्काबीच परिचय गर्छन् । साथी बनाउँंछन्, अनि त्यही साथीत्व अन्ततः प्रेमीप्रमिकाका रुपमा विकास गर्दै विवाह बन्धनमा पुगेर टुंग्याउँछन्।  

परम्परा अनुसार दसैं अगाडि भक्तपुरबासी चार भगवान कहाँं पुग्ने गर्छन् । गुलाँंपर्व सुरु भएदेखि प्रत्येक वुधबार भक्तपुरेहरु काभ्रेको नमोवुद्ध, ललितपुरको बुंगमति अनि काठमाडौंको साँंखुस्थित बज्रबाराही र स्वयम्भु पुग्ने गर्छन् । यो क्रममा विवाहयोग्य केटाकेटी पनि विशेष सहभागी हुन्छन् । यही क्रममा परिचय हुँंदै दसैंको नवरातसम्म आइपुग्दा प्रेम सम्वन्धमा पुगिसकेर अन्तिम दिन विवाह गर्ने चलन अहिले पनि जस्ताको तस्तै छ । दसैंभर प्रत्येक दिन भक्तपुर नगरका छुट्टाछुटै स्थानका शक्तिपीठमा मेला लाग्छ । यही मेलामा केटाकेटी स्वतन्त्रतपूर्वक घुम्न जाने र प्रेम सम्वन्धले उत्कर्षका रुप लिने बताइन्छ। 

दसैंको विवाहमा पहिलापहिला भागी विवाह गर्ने मात्रै चलन थियो । तर अहिले त्यो संस्कृति परिवर्तन भइ मागी विवाहसमेत हुने गरेको छ । यो क्रम प्रत्येक वर्ष वढ्दोसमेत छ । महानवमीको राति धेरै जोडीको विवाह हुन्छ यहाँं यद्यपि । हिजोआज भने भागी विवाह भन्दा धेरै मागी विवाह नै चल्न थालिसकेको छ । यसका लागि दसैं भन्दा अगाडि नै अभिभावक कुरा मिलाइसक्छन् । अनि विना साइत महानवमीका दिन विवाह गराइदिन्छन् । भक्तपुरमा दसैंमा हुने विवाह संस्कृति नै बनिसकेको छ । मागी होस् वा प्रेम यो समयमा धेरैको विवाह हुने गर्छ । मनोबैज्ञानिक यज्ञबहादुर कार्की महँंगीले विछटै पारेको बेला नेवार संस्कृतिभित्र हुने यो विवाह सामाजिक हिसावले पनि महत्वपूर्ण रहेको बताउँंछन् । यस्तो संस्कृतिलाई वढाबा दिनुपर्ने खाँंचो उनी औंल्याउँंछन्।

प्रकाशित: २९ आश्विन २०७५ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App