८ वैशाख २०८१ शनिबार
समाज

कमल थापाको ठहरः दिल्लीमा ‘प्रचण्ड विलय’

काठमाडाैं-ओली नेतृत्वको सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा पछिल्लो समय नेपालमा बढ्दो भारतीय हस्तक्षेप बिरुद्ध खुलेर बोल्ने गरेका छन्। एमाले नेतृत्वको मन्त्रिमण्डलमा रहँदा थापाले प्रधानमन्त्री ओलीलाई दिएको दृढ समर्थन एमालेकै कुनै नेता वा मन्त्रीको भन्दा कमजोर थिएन।

ओलीकै भाषा सापटी लिँदा ‘आफूले भनेजस्तो संविधान नबनेपछि सजाय दिन भारतले गरेको नाकाबन्दी’ का बिरुद्ध भारतसँग टक्कर लिने मामिलामा कुटनीतिक र राजनीतिक दुबै तहमा प्रधानमन्त्री ओलीको काँधमा काँध मिलाएर उभिएका थिए –थापा।

बहुदलपछि नेपालको राजनीति भारतको शरणमा पर्यो

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा रहेकैबेला नागरिक शो मा संवादका लागि हामीले थापासँग समय माग्यौं। उनले समय पनि दिए। तर, कुटनीतिक मर्यादाको हेक्का राख्ने सीमित नेताहरु मध्येमा पर्ने थापाले पछि फोन गरेर भने ‘देशको प्रधानमन्त्री राजकीय भ्रमणमा देश बाहिर रहँदा एउटा जिम्मेवार नेताले नकारात्मक टिप्पणी गर्नु उचित हुँदैन, त्यसैले हाम्रो संवाद प्रधानमन्त्री फर्केपछि गरुँला।’

प्रधानमन्त्री भ्रमणबाट फर्केपछि गरिएको संवादमा थापाले दाहालको भारत  भ्रमणलाई असान्दर्भिक र औचित्यहीन मात्रै भनेनन्, त्यो भन्दा अगाडि बढेर दाहाल भ्रमणलाई जोखिमपूर्ण र बनेको सन्तुलन बिगार्ने भ्रमणको संज्ञा दिए।

हिन्दु राष्ट्र र संबैधानिक राजतन्त्र पुनस्थापनाको एजेण्डमा अडिग रहेका थापाले बहुदलीय प्रजातन्त्र पुनस्थापनापछि नेपालमा भारतीय हस्तक्षेप बढेको दावी गरेका छन्। नेपालका सरकार, दल र नेतालाई भारतको समर्थन चाहिने र भारत फकाउनै पर्ने प्रबृति बहुदल आएपछि बढेको उनको निष्कर्ष छ।

‘प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण त्यहि आत्मसमर्पणवादी मानसिकतामा गरिएको हो।’ थापाको ठहर छ– ‘मैले धेरै गल्ती गरेँ माफ पाउँ भनेर दिल्लीमा प्रचण्डजीले आफ्नो अस्तित्व सुम्पिएर फर्कनुभयो।’

सत्तामा पुग्नका लागि र सत्तामा पुगेर टिकिरहन बाह्य सहयोग र आशिर्वाद चाहिन्छ भन्ने अत्मसमर्पणवादी मानसिकता नेपालका नेताहरुमा हावी भएको उनले तर्क गरे। ‘प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण त्यही आत्मसमर्पणवादी मानसिकतामा गरिएको हो।’ थापाको ठहर छ– ‘मैले धेरै गल्ती गरेँ माफ पाउँ भनेर दिल्लीमा प्रचण्डजीले आफ्नो अस्तित्व सुम्पिएर फर्कनुभयो।’

ब्रिटिस साम्राज्यले छाडेपनि भारतमा त्यसका अवशेष अझै बाँकी रहेको थापाको तर्क छ। नेपाललाई कब्जामा राख्ने र आफ्नो प्रभाव विस्तार गर्ने भारतीय नीति रहेको उनले खुलाए।

प्रधानमन्त्री दाहाल कसरी भारतपरस्त बन्दै गए भन्नेबारे थापाले विस्तृतमा खुलाएका छन्।
भारतको भित्री नियत के छ?
प्रधानमन्त्री दाहालको भारत भ्रमणको अचित्य, उपलब्धि र जोखिमहरु के के छन् ?
ओली र दाहाल नेतृत्वका दुई सरकारसँग भारतको अलग एवंं अर्थपूर्ण सम्बन्ध र त्यसपछिका अवसर र जोखिमबारे थापासँग गरिएको यो संवाद हेर्नुहोस्ः

 

प्रकाशित: ६ आश्विन २०७३ ०५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App