coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भूकम्पपीडितलार्इ थप १ लाख दिनेबारे प्रधानमन्त्री–प्राधिकरण सीइअाेबीच छलफल

काठमाडौँ– निजी घर पुनःनिर्माणका लागि भूकम्पपीडित जनतालाई रु एक लाख थप गर्ने सम्बन्धमा छलफल गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठक आइतबार बस्ने भएको छ।

यसअघि सरकारले निजी घर पुनःनिर्माणका लागि भूकम्पपीडितप्रति परिवारलाई रु. दुई लाख अनुदान दिने निर्णय गरेको थियो। सरकारले त्यसमा रु एक लाख थप गरी रु तीन लाख दिने घोषणा गरिसकेको छ।

यस्तै रु तीन लाख निब्र्याजी ऋण उपलब्ध गराउने, भूकम्पपीडित जनतालाई पहिलो किस्ताको रकम उपलब्ध गराउनेसम्बन्धी ४५ दिने कार्य योजना र कार्य प्रगतिको अवस्थालगायत एजेन्डा तय गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए।

“प्राधिकरणको सङ्गठनात्मक संरचना, कार्य प्रणाली र जनशक्ति व्यवस्थापन, प्राधिकरणकोे वार्षिक नीति, कार्यक्रम एवम् बजेट पनि बैठकका एजेन्डा छन्”–उनले भने।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि पहिलो पटक प्राधिकरण निर्देशक समितिको बैठक बस्न लागेको हो। प्राधिकरण निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री रहने कानुनी प्रावधान छ।

बैठकका तयारी सम्बन्धमा प्राधिकरणका प्रमुख कार्यकारी अध्यक्ष सुशील ज्ञवालीले प्रधानमन्त्री दाहालसँग भेटी छलफल गरेकाे प्रवक्ता थपलियाले बताए।

सो अवसरमा कार्यकारी प्रमुख अधिकृत ज्ञवालीले भूकम्पपीडित जनतालाई पहिलो किस्ताको रकम वितरण गर्ने कार्य उत्साहजनक र द्रूत गतिमा अघि बढेको जानकारी गराएका थिए। रासस

प्रकाशित: ६ आश्विन २०७३ १३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App