६ वैशाख २०८१ बिहीबार
राजनीति

'संविधान संशोधनमा राजनीतिक सहमति भइसक्यो'

लन्डनको हिथ्रो विमानस्थलमा नेता यादब। तस्विरः चिरन

काठमाडौं— संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले संविधान संशोधनका लागि राजनीतिक सहमति भइसकेको बताएका छन्। युरोप भ्रमणका क्रममा लन्डन आइपुगेका उनले हिथ्रो विमानस्थलमा उत्रिएपछि नागरिकन्युजसँग कुरा गर्दै भने, ‘म प्रधानमन्त्रीसँग छलफल गरेर आएको हुँ। कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच संशोधनका बुँदामा सहमति भइसकेको छ।’

‘म प्रधानमन्त्रीसँग छलफल गरेर आएको हुँ। कांग्रेस, माओवादी र मधेसी मोर्चाबीच संशोधनका बुँदामा सहमति भइसकेको छ।’

मुख्य दलहरुबीच संशोधनको सहमति भइसकेको उनले जानकारी दिए। ‘केही बिषयमा औपाचारिक सहमति नै भइसकेको छ। विस्तृत रुपमा छलफल हुन बाँकी केही बुँदामा कुराकानी गरेर छिट्टै संविधान संशोधन प्रक्रिया अघि बढ्छ’, उनले भने।

हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने, अंगिकृत नागरिकले पनि मुलुकको विशिष्ट पदमा जान पाउने सहितका बुँदा राखेर संविधान संशोधनको तयारी भइरहेका बेला यादब युरोप भ्रमणमा निस्किएका हुन्।

पार्टीको भातृसंगठन संघीय समाज यूकेको दोस्रो अधिवेसनमा भाग लिन अध्यक्ष यादव बेलायत आएका हुन्। पूर्व परराष्ट्रमन्त्री समेत रहेका उनको स्वागत गर्न  बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरन र समाजका अध्यक्ष धर्म तामाङ लगायतको टोली विमानस्थल पुगेको थियो। यादवले आइतवार अल्डरसटको एम्पायर हलमा आयोजना हुने समाजको दोस्रो अधिवेशनको उद्टन गर्ने कार्यक्रम छ।

एक साता लामो बेलायत भ्रमण क्रममा बेलायती सरकारी अधिकारी तथा राजनीतिक दल, विभिन्न संघसंस्था र  यहाँस्थित पूर्व गोर्खाहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्।
यादवले शनिवार आदिवासी जनजाति महासंघ बेलायत, भूपु गोर्खाहरुको संगठन गेसोद्वारा अल्डरसटमा आयोजना हुने छुट्टाछुट्टै स्वागत तथा अन्तक्रिया कार्यक्रममा सहभागि हुने छन्। सोमवार संघीय समाज यूकेको रेडिंग क्षेत्रीय शाखाले उनको सम्मानमा विशेष कार्यक्रमको आयोजना गर्नेछ।

यादव सेप्टेम्बर २८ सम्म बेलायतको कार्यक्रम सकेर पार्टीको यूरोपस्थित भातृसंस्थाको अधिवेसनमा भाग लिन जर्मनी, बेल्जियम, स्पेन, पोर्चुगल जानेछन्।
 

प्रकाशित: ७ आश्विन २०७३ ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App