६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

क्यामरनले राजीनामा दिने

काठमाडौं- बेलायती प्रधानमन्त्री डेविड क्यामरन राजीनामा दिने घोषणा गरेका छन्। उनले भनेका छन्, 'बेलायतमा अब नयाँ प्रधानमन्त्री आवश्यक भएको छ।' उनले यो घोषणा यूरोपेली युनियनबाट छुट्टिने जनमत संग्रहको फैसला पछि आएको हो। उनी बेलायत इयूबाट बाहिरिनु हुँदैन भन्ने पक्षमा थिए।
यूरोपेली युनियनमा रहने वा नरहने भन्ने विषयमा भएको जनमत संग्रहको नतिजामा ५२ प्रतिशत मतदाताले संघबाट बाहिरिनु पर्नेमा मतदान गरेका थिए। युनियनमै रहनु पर्नेमा ४८ प्रतिशतले मतदान गरेका थिए।
सन् १९७५ मा भएको जनमत संग्रहमा ६७ प्रतिशतभन्दा बढी बेलायतीहरुले बेलायत इयूको सदस्य रहिरहनु पर्छ भन्ने पक्षमा मतदान गरेका थिए।
जनमतसंग्रहको परिणामले बेलायतको राजनीति र अर्थतन्त्रमा नाटकीय परिवर्तन हुनसक्ने अनुमान विष्लेशकहरुले गरेका छन्।

 

प्रकाशित: १० असार २०७३ ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App