४ वैशाख २०८१ मंगलबार
खेल

भारतको मुख्य प्रशिक्षकमा अनिल कुम्बले

मुम्बाई—भारतीय क्रिक्रेट बोर्ड बिसिसिआईले पुर्व कप्तान अनिल कुम्बलेलाई मुख्य प्रशिक्षकको  जिम्मा दिएको छ।
४५ वर्षे कुम्लेलाई बिसिसिआईले एक वर्षे कार्यकालका लागी मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। उनले मुम्बई ईन्डियन्स र रोयल च्यालेन्जर्स बेङलोरको प्रशिक्षकका रुपमा काम गरेका थिए । पुर्व प्रशिक्षक रवि शास्त्रिले विश्वकप टि ट्वान्टिको सेमिफाइनलमा पराजित भएपछि राजिनामा दिएका थिए । मुख्य प्रशिक्षकका लागी सौरभ गाग्गुली, भिभिएस लक्ष्मण तथा सचिन तेन्दुडकरको नाम चर्चामा रहेपनि बिबिसिआईले बिहिबार कुम्लेलाई उत्त जिम्मेबारी दिएको हो।
पूर्व लेग स्पिनर कम्लेले भारतका लागी १३२ टेस्ट र २७१ वान डे म्याचमा गरी कुल ६१९ विकेट लिएकाछन्। उनको प्रशिक्षणमा भारतले आगामी महिना वेस्ट इन्डिजको भ्रमण गर्दैछ। जहाँ उसले चार टेस्ट  म्याच खेल्नेछ।

 

प्रकाशित: १० असार २०७३ ०८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App